द्वन्द्वपीडित तथा असहाय बालबालिकालाई शैक्षिक सामाग्री वितरण

बेसीशहरस्थित आदर्श महिला तथा बाल विकास केन्द्रद्धारा सञ्चालित बालगृहमा रहेका द्वन्द्वपीडित तथा असहाय बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । बालदिवसको अवसरमा केन्द्रमा रहेका ११ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो।

जिल्ला बालकल्याण समिती लमजुङको आयोजना र बेसीशहर नगरपालिका, कोपाडेस वर्ल्डभिजन, एकता स्काई क्लब बेसीशहर र चेस नेपालको सहयोगमा बालगृहमा रहेका बालबालिकालाई झोला, र फलफूल प्रदान गरिएको हो ।

बालबालिकालाई ११ थान झोला, ११ वटा हरलिक्स र फलफूल वितरण गरिएको जिल्ला बालकल्याण समिती लमजुङका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए । असहाय र द्वन्द्वपीडित बालबालिकाको पठनपाठनमा सहयोग पुग्ने गरी शैक्षिक सामाग्री वितरण गरिएको ढकालले बताए ।





error: Content is protected !!