शिक्षकहरु पन्ध्र दिन बिद्यालय अनुउपस्थित भएमा जागिर चट

गोपाल रेग्मी
रुकुम ः संघिय शिक्षा ऐन २०७४ र भदौ ७ गतेको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार यो कार्यन्वयनमा आएको हो ।

यो नियम कार्यन्वयनमा आएसँगै शिक्षकहरु बिद्यालयमा अनियमित उपस्थित हुने परिपाटीको अन्त्य हुने बिश्वास लिइएको छ । नगर प्रमुख बिशाल शर्माका अनुसार कुनै पनि शिक्षक जानकारी बिना पन्ध्र दिनसम्म बिद्यालयमा हाजिर भएन् भने त्यस्तो शिक्षकलाई जागिरबाट निस्कासन गरिनेछ ।

उनले भने बिद्यालयमा अनुउपस्थित भएको जानकारी आउने बित्तिकै बिद्यालयमा उपस्थित हुन् निर्देशन दिन्छौं अटेर गरेमा जागिरबाट निस्कासन गर्छौ ।

नगर प्रमुख शर्माका अनुसार त्यस्तै कसैले सट्टा वा खेतला शिक्षक राखेमा पनि खेतला शिक्षक राखेको समयको तलब पनि कटौती गरिनेछ ।





error: Content is protected !!