कपाल किन झर्छ

कपाल झर्ने समस्याले धेरैलाई समस्यामा पार्छ । आखिर किन झर्छ त कपाल । केही कारणहरु यस्ता छन् ।

– स्ट्रेसफुल अर्थात् तनाव ।
– थाइरेड हर्मोनको गडबढी
– रगतमा हेमोग्लोबिनको कमी
– खाने न्युट्रिसन डिफिसेन्सीमा प्रोटिनको कमी र भिटामिनको कमी
– अस्वस्थकर जीवनशैली
– सुर्तीजन्य पदार्थको तथा मदिरा सेवन
– गर्भवती महिलामा बच्चाको डेलिभरीपछि यस्तो देखिन सक्छ ।
– स्कुलमा जाँदा दुई चुल्ठो बाट्ने अथवा टाइट्ली कपाल बाँध्ने गर्दा कपाल झरेर पछि नउम्रिन पनि सक्छ ।

रोकथाम कसरी गर्ने ।
अन्डर लाइजिङ डिजिज भित्रि रोगहरू छन् भने पहिला त्यो रोगको उपचार गर्नुपर्छ । एनिमिया भएको छ भने पहिला त्यसको सुधार गरेपछि मात्रै कपाल आउँछ । डाइट जस्तै प्रोटिन, भिटामिनहरू गरेर कपाल झरेको छ भने डाइटमा सुधार गर्ने अर्को उपाय हो । रोकथामका अन्य उपाय
यसप्रकार छन् ।

तातोपानीले कहिल्यै नुहाउनुहुँदैन ।

जाडोे महिनामा मनतातो पानीले मात्रै नुहाउने ।

नुहाएपछि कपाललाई सफ्ट बनाउन कन्डिसनरको प्रयोग गर्ने

नुहाइसकेपछि पहिले कपाल सुकाउने र त्यसपछि मात्रै कोर्ने

तातो तेलले मसाज नगर्ने ।

मसाज गर्नुपरेको खण्डमा तेल सेलाएपछि मात्रै मसाज गर्ने ।

तोरीको तेलभन्दा नरिवलको तेल लगाउनु उत्तम हुन्छ ।

अत्यधिक झरेको छ भने दैनिक कपाल कति झर्दो रहेछ भनेर आफैँले गन्ती गर्ने अथवा चिकित्सकलाई गएर देखाउने ।




सम्बन्धित समाचार


error: Content is protected !!