डोल्पालाई वजेट विनियोजन अव पहिलो प्राथमिकता ः मन्त्री भण्डारी

सुकमाया थापा
डोल्पा ः आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भन्डारीले कर्णाली प्रदेशको अव आउँदो नयाँ बजेटमा पहिलो प्रथामिकता डोल्पालाई दिएर बजेट कार्यन्वयन गर्ने बताउनु भएको छ ।
भौगालीक बिकटता , पिछडिएको गरिव भनि परिभासित गरिएको यस जिल्लालाई बिकसित बनाउन सम्पुर्ण निकायहरुले आआफनो क्षत्रबाट लागि पर्नु पर्ने मन्त्री भन्डारीको भनाई रहेको थियो । त्यस्तै कानुन तर्जुमा फौँजदारी देवानी संहिता सम्बन्धि यहाँका सरोकारवाला पक्ष संग अन्तरक्रिय गरिएको छ । आन्तरीक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेश सुर्खेतले आयोजना गरेको उक्त कार्यक्रममा मा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भन्डारी , प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा , प्रहरी उपरीक्षक अवदेष विष्ट, विभिन्न संघ संस्थाका कार्यलय प्रमुख , लगाएतका सरोकारवाला निकायको छलफलमा सहभागि भएका थिए ।

कार्यक्रममा सहभागीहरुलाई प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले इतिहाँसमै सबै भन्दा लामो ऐन २०७४ असोज ३० गते निर्णय भई यही भदौ १ गते देखि लागु भएको ६ भाग ५२ परिक्षद ७ सय २१ दफा ऐनमा रहेका नीति नियम ऐन कानुनको बारेमा जानकारी गराउनु भएको थियो ।
त्यस्तै जिल्ला सरकारी वकिल कार्यालयका वकिल कर्णबहादुर बुढाक्षेत्रीले यही भदौ १ गते देखि लागु भएका फौजदारी अभियोग भित्र रहेका बिभिन्न दफा उप दफामा रहेका ऐन, नियमहरुको बारेमा जानकारी गराउनु भएको थियो ।





error: Content is protected !!