विद्यालयमा अझै पुगेनन् पुस्तक, बिलविनै पुस्तकालयको रकम भुक्तानी

सन्जय के सी
जाजरकोट ः जाजरकोटको एक विद्यालयमा आर्थिक वर्ष बितेको २ महिना पुगे पनि पुस्तालयको पुस्तक पुग्न सकेको छैन्। जिल्लाको कुशे गाउँपालीका–२ मा रहेको मान्य ढुगा माध्यामिक विद्यालयमा हाल सम्म पनि पुस्तालयको पुस्तक पुग्न नसकेको हो।
आर्थिक वर्ष २०७४र०७५ मा पुर्याउनु पर्ने पुस्तालयको पुस्तक हाल सम्म पनी पुर्याउन नसकेको ब्यवस्थापन समितिले जानकारी दिएको छ। साबिकको जिल्ला शिक्षा कार्यालय जाजरकोटबाट आव भित्र विद्यालयमा पुस्ताकालयको पुस्तक पुर्याउने गरि गरिएको सम्झौता बिपरित पुस्तकालयको लागि ६ लाख ५० हजार बजेटमा १ लाख २५ हजारको मात्र पुस्तकालयको पुस्तक खरिद गरिएको अन्य रकम अन्यमिता भएको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धनमाया शाहीले जानकारी दिइन्। शाहीकाअनुसार पुस्तकालयको १ लाख २५ हजार बाहेक अन्य रकमको पुस्तकहरु साउन मसान्तसम्म विद्यालयमा पुर्याउनको लागि ब्यबस्थापन समितिले बिद्यालयका लेखापाल धिरेन्द्रबहादुर सिंहलाई लिखित कागज गरेपनि हाल सम्म पुस्ताकालयको पुस्तक नपुगेको समेत शाहीले जानकारी दिइन्। आर्थिक वर्ष सकिएको २ महिना वितिसक्दा पनि विद्यालय लेखापाल र शिक्षकको मिलोमतोमा हालसम्म पनि पुस्तक पुग्न नसकेको स्थानीय बासीले आरोप छ।
उता विद्यालयका लेखापाल धिरेन्द्र बहादुर सिंहले १ लाख २५ हजारको पुस्तालयको पुस्तक बिद्यालयमा पुगिसकेको र बाँकी पाठ्य पुस्तक कहिले वर्षले बाटो अवरुद्ध हुदा ढुवानिमा समस्या भएको त कहिले पुस्तक खरिदको जिम्मा लिएको भेरी स्टेसनरी जाजरकोटले समयमा पुर्याउन नसकेको बाहना बनाउदै किताब लिन अटेर गरेको स्थानियहरुले जानकारी लिलित सिंहले बताए। लेखापाल सिंहकाअनुसार हाल बर्खाले बिद्यालयको पहुचमा सडक सञ्जाल नभएको कारण सडक सुचारु हुन बितिकै बिद्यालयमा पाठ्यपुस्तक पुर्याउने दाबि गरेका छन्। उनले विद्यालयमा १ लाख २५ हजारको मात्र पुस्तक पुर्याएको स्वीकारेका छन्। यस्तै पुस्तक खरिदको जिम्मा पाएको भेरी स्टेसनरी जाजरकोटले विद्यालयको पुस्ताकालयको पुस्तक गत फागुनमा जाजरकोट पुर्याइसकेकोले लिन्छु भन्दै आइरहेको बताए। बिलबिनै पुस्तालयको रकम भुक्तानी मान्यढुगा माध्यामीक बिद्यालयमाको पुस्तालयको रकम बिल बिना भुक्तानी भएको छ। जिल्ला शिक्षा समन्वय इकाइले गत आर्थिक वर्षको आर्थिक बर्षको अनुदान पुस्तकालयको पुस्तक खरिद कार्यक्रम अन्तरर्गत जिल्ला समन्वय शिक्षा इकाई कार्यालय जाजरकोटले बिल बिना विद्यालय ब्यवस्थापन समितिको खातामा पुस्तकालयको लागि बिनियोजन गरिएको ६ लाख ५० हजार बजेट भुक्तानी गरेको हो।
जिल्लमा समन्वय इकाई प्रमुख सुधिनराज बुढाथोकीका अनुसार बजेट फ्रिज गराउनु भन्दा बिद्यालयमा काम गराउने उद्देश्यका साथ बिद्यालयलाई भुक्तानी दिएको र हाल खाता बन्द गरिएको बताए। विद्यालय ब्यवस्थापन समितिले काम सम्पन्न स्थानीय तहबाट सिफारिस बिल भरपाईका साथ कार्यालयमा आए बिद्यालयको खाता सञ्चालन गरिने बुढाथोकीले जानकारी दिए। काम गर्ने भन्दा मिलाएर खाने प्रवृतीलाई अन्त्य गर्नको लागि हाल काम सम्पन्न भए पछि मात्र विद्यालयको खाता फुकुवा हुने उनले बताए। काम पुरा नभए सम्म शिक्षक देखि विद्यालयको बिभिन्न कार्यक्रम सम्म बन्द गर्ने समेत प्रमुख बुढाथोकीले जानकारी दिए। विद्यालयमा यो भन्दा पहिले आर्थिक वर्ष २०७१ देखि २०७३ सम्म हरीप्रसाद जैसीको अध्यक्ष्यतामा गठन भएको विद्यालय ब्यबस्थापन समिति र विद्यालयका शिक्षक लेखापालको मिलोमतोमा लाखौं रकम अनियमीतता भएको प्रतिवेदन सार्वजनिक भएको थियो। गत फागुनमा विद्यालयमा भएको अनियमितता बारेमा छानबिन गर्न कार्यबाहक वडा अध्यक्ष ललीत सिंहको नेतृत्वमा ५ सदस्सिय छानबिन समिति गठन गर्दा आर्थिक वर्ष ०७१÷०७४मा आन्तरिक स्रोत तथा सरकारी तर्फ ३६ लाख ६८ हजार३ सय ४३ रुपैया अनियमितता भएको प्रतिबेदन सार्वजनिक गरेका थिए।
छानबिन समितिले सार्वजनिक गरेको प्रतिबेदनमा ब्यबस्थापन समिति र बिद्यालयमा कार्यरत लेखापाल धिरेन्द्र सिंह प्रध्यानध्यापक धनबहादुर सिंह निवर्तमान प्रध्यानध्यापक बाल्मिकिप्रसाद सिंहको नाममा सो रकम बेरुजु भएको प्रतिबेदन सार्वजनिक गरेको ब्यबस्थापन समितिका अध्यक्ष शाहीले जानकारी दिइन्।







