बुढ्थापा हत्या प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति जुम्लामा

दिलमाया शाही जुम्ला ः बुढ्थापाको हत्या प्रकरण वारे छानविन गर्न उच्च स्तरिय छानविन टोली जुम्ला पुगेको छ । संयोजक गोपाल प्रसाद अर्यालकोे संयोजकत्वमा ६ सदस्यीय टोलि जुम्ला पुगेको हो। सरकारले भदौ १७ गते छानविन समिती गठन गरेकोमा १८ गतेदेखि काम गर्न निर्देशन गरेको थियो। हिजो जुम्ला पुगेको उच्च स्तरिय छानविन समितीले छानविन कार्य शुरु गरेर दोषीलाइ कानुनको दारामा ल्याउने बताएएको छ।
समितीले पहिलो चरणमा पुर्पक्षका लागि थुनामा राखिएका खड्गजित रोकाया र एंगल लामासँग वयान लिएको बताएको छ । टोलिले घटना स्थलको अवलोकन, पिडित परिवारसंग भेटघाट गरेको बताएको छ । आज पत्रकार सम्मेलनको आयोजना मार्फत निष्पक्ष छानविनका लागि पहल थालिएको बताएको छ । जिल्ला स्थित राजनैतिक दल, नागरिक समाज तथा पत्रकारहरुसँग छलफल गरेर घटनाको वास्तविक अवस्था वुझ्ने काम भईरहेको उक्त समितीले जनाएको छ। नयाँ शक्तिका केन्द्रिय परिषद् सदस्य तथा चन्दननाथ नगरपालिका २ का ४३ वर्षीय बुढ्थापाको गत्त साउन २० गते चन्दननाथ नगरपालिका ५ को जुगाडखोला नजिकैको खोलामा रहस्यमय ढंगले मृत्यु भएको अवस्थामा शव फेला परेको थियो। मृतक बुढ्थापाको मृत्यु भएको ३२ दिनपुरा भइसकेको छ । प्रहरीले अनुशन्धानको लागी होटल सञ्चालक खड्कजीत रोकाया र जुम्लावजार विजयनगर निवासी एंगल लामालाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जनाएको छ। पत्रकार सम्मेलन मार्फत नेपाल पत्रकार माहासंघ जुम्लाका अध्यक्ष बरम बहादुर महतले राधाकृष्ण हत्या प्रकरणको दोषी पत्ता लागाइ छिटो सार्वजानिक गर्न उच्च स्तरिय छानविन समितिलाई आग्रह गर्नु भयो । प्रहरी प्रशासान ले अपराधिलाई कार्वाही गर्ने भन्दा पनि उन्मुक्ति दिने काम गरेको जुम्ला बासीहरुले गुनासो गरेका छन ।




सम्बन्धित समाचार


error: Content is protected !!