एक कल फोन गर्न अग्लो डाँडा साहारा, बादल देखिनासाथ फोन बन्द

सन्जय के सी
जाजरकोट ः जाजरकोटको पश्चिममा क्षेत्रमा एक कल फोन गर्नका लागि घण्टौँ हिँडेर अग्लो डाँडामा जानुपर्ने वाध्यता रहेको छ। जिल्लाको छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिका ,कुशे गाउँपालिकाका स्थानीयहरु फोन गर्न अग्लो डाडाँको साहारा लिन वाध्य भएको स्थानीय रेशमवहादुर खड्काले बताए।
अहिले भएका नेपाल टेलिकमका टावरले घाम लागेपछि मात्र काम गर्ने हुँदा अग्लो डाडाँको साहारासमेत कहिले काम नगर्ने गरेको छेडागाड नगरपालिका वडा न १ का वडा अध्यक्ष गणेशप्रसाद जैसीले जानकारी दिए। केन्द्रिय कार्यालयबाट स्तर उन्नतिका लागि प्राविधिक पठाएर हेरे पनि अहिलेसम्म काम हुन नसकेको जैसीले बताए। भेरी नगरपालिका ६ मछाइनामा रहेको नेपाल टेलिकमको नमस्ते ,स्काइको टावर र जुनिचाँदे गाउँपालिका वडा न २ मजकोटमा रहेको स्काइको टावर कुशे गाउँपालिकाको लाताचुलीको टावर लाई स्तरोन्नति गर्ने भनिए पनि काम नहुँदा यहाँका हजारौँ स्थानीयले फोन सेवाबाट वन्चित भएको जैसीले बताए।
चुनावका समयमा जिल्लाका सवै ठाउँमा टेलिफोन टावर निर्माण गरि जनतालाई सहज रुपमा सञ्चार सेवा पुर्याउने भनि दिइएको नारा एक वर्ष बिते पनि नारामै सीमित भएको स्थानीय पुर्णसमिर महतराले बताए। फोनले काम नगर्दा यहाँका स्थानीय सरकारको कामहरु समेत प्रभावित भएका छन्। फोन, इन्टरनेट, बैंक नहुँदा जिल्लाको जुनिचाँदे गाउँपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका र बारेकोट गाउँपालिकाको कार्यालय सदरमुकामबाट सञ्चालन हुँदै आएको छ। आकाशमा वादल देखिन साथ डाडाँमा गएर फोन गर्दा गर्दै टावर जाँदा हैरान हुँने गरेको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताए।
केसीका अनुसार नमस्तेको टावर निर्माणका लागि नेपाल टेलिकमले गत वर्षको अक्टोबरमा १ वर्षमै कार्य सम्पन्न गर्ने गरी भारती कम्पनी एस्टर नेपाल प्रालिसँग सम्झौता गरेको थियो । तर कम्पनीको लापरबाहीले टावर निर्माण अलपत्र परेका अध्यक्ष केसीले जानकारी दिए। टावर निर्माणका लागी आवश्यक सामग्री सुर्खेतमा पुएको कम्पनीले दावी गदै आएको छ।
कुशे गाउँपालिकाको लाताचुलीको टावर बिग्रिएको महिनौं बित्दा पनि यसको मर्मतमा कसैको चासो नपुगेपछि सर्वसाधारणलाई समस्या भएको छ । उता नेपाल टेलिकम शाखा कार्यालय जाजरकोटले भने प्राविधिक सर्वेक्षण सम्पन्न भएको कारण हाल स्तरोन्नतिका लागि काम अगाडि बढाउने दाबी गरेको छ।










