नेकपा एकीकरण २४, २५ सचिवालय, २६, २७ स्थायी कमिटी, प्रचण्डको भ्रमण छोटियो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी  ने क पा ले तल्ला तहको एकीकरणलाई यही महिनाभित्र सक्ने तयारी गरेको छ ।

एकता लम्बिएको भन्दै नेता÷कार्यकर्ताहरु निराश भइरहेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले भदौभित्र एकता सक्ने गरि तयारी गरेका छन् । मंगलबार पनि अध्यक्षद्वयले यस विषयमा छलफल गरेका थिए ।

प्रधानमन्त्री समेत रहेको अध्यक्ष ओली र अर्को अध्यक्ष प्रचण्डबीच भएको छलफलपछि नेकपाले २४ र २५ गते सचिवालय र २६ र २७ गते स्थायी कमिटी बैठक बोलाइएको छ ।

उल्लेखित मितिमा बैठक बस्ने भएपछि अध्यक्ष प्रचण्डले आफ्नो भारत भ्रमण पनि छोट्याएका छन् । पार्टी सचिवालय र स्थायी कमिटी बैठकका लागि उनी पूर्वनिर्धारित कार्यतालिकाको तीन दिन अगावै स्वदेश फर्किने भएका हुन् ।

प्रचण्ड बिहीबार भारत भ्रमणमा जाँदैछन् । यसअघि उनी २६ गते र्फकने तय भएको थियो । तर, अब प्रचण्ड २३ गते नै स्वदेश फर्कनेछन् । प्रचण्ड फर्केलगत्तै बैठक बस्ने छ । बैठकमा पार्टी एकताका साथै सरकारको कामकारबाहीको समिक्षा गर्ने एजेण्डा छ ।

यसअघि यही १८ गते बस्ने भनेको स्थायी समिति बैठक बोलाइए वरिष्ठ नेता माधवकुमार नेपाल देशबाहिर रेहकाले स्थगित भएको थियो । नेता नेपाल बुधबार दिउँसो स्वदेश फर्कदैछन् ।




सम्बन्धित समाचार


error: Content is protected !!