सुरक्षा दलले समाज सुधारका लागि गदै छ यस्तो काम ?

सन्जय केसी
जाजरकोट ः समाजका अशान्ति , हो हल्ला भएको भन्दै यहाँका महिला तथा यूवाहरु नियन्त्रणका लागि एक जुट भएका छन् । जिल्लाको नलगाड नगरपालिका वडा ८ हल्चौर गाउँमा हुँने विभिन्न विकृती विसंगती विरुद्ध यहाँका आमा समुह र सुरक्षा दल मिलेर नियन्त्रणमा जुटेका हुन् ।
गाउँमा जाँड , रक्सी , तास कारण पारिवारिक कलह, झगडा , जनधनको क्षति हुँन थालेपछि संगठित भएर यो अभियानमा लागेको सुरक्षा दलकी अध्यक्ष अम्मकुमारी खत्रीले बताए । सुरक्षा दलमा यूवा तथा यूवती गरि १५ जना सहभागी रहको उनले बताए । सुरक्षा दलले स्थानीय आमा समुह संग मिलेर काम गर्ने उनले बताए । मंगलबार सुरक्षा दलले आमा समुह संग मिलेर हल्चौर गाउँमा उत्पादन गरिएको जाँड , रक्सी नियन्त्रणमा लिएर नष्ट गरेको सुरक्षा दलका जयवहादुर खत्रीले बताए ।
मंगलबार सुरक्षा दलकै सदस्य धनमाया विकले घर , लुकाई ,छिपाई राखेको मधिरा नियन्त्रणमा लिएर नष्ट गरिएको अध्यक्ष खत्रीले बताए । सुरक्षा दलमा र आमा समुहमा केही अघि जाँड , रक्सी बनाउने काममा लागेर स्थानीयलाई पनि सहभागी गराई कारवाही अगाडी वढाएको बतासे चिउरी बर्मा सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष नारायणवहादुर खत्रीले बताए ।
मधिरा जन्य पदार्थ निर्माण तथा विक्री वितरण गर्ने स्थानीयलाई सम्झाई वुझाई गरी अर्को पेशा गरि दैनिक गुजरा चलाउँन समेत आग्रह गरिएको आमा समुहकी अध्यक्ष जमुना खत्रीले बताए । समाज परिवर्तन गर्नका लागि अरुको मुख ताक्ने भन्दा पनि आफै बाट सुरु गर्दा अरुलाई भन्न पाईने उहाँको भनाई छ । नजिकिदो तिज , दशै र तिहारका शान्ति पुर्ण तरिकाले बनाउने बातावरण तय गरि एक नमुना गाउँ बनाउँने उनीहरुको उदेश्य रहेको छ ।
यो अभियानलाई जनप्रतिनिधीले पनि सहयोग गरेका छन् । स्थानीय प्रहरी र जनप्रतिनिधी संग समन्वय गरेर काम अगाडी वढाउँदै आएको खत्रीको भनाई छ । तीन दिन अघि मात्र यहि समुहले निशुल्क रुपमा ७ किलोमिटर घोडेटो बाटो निर्माण गरेको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!