मध्यपहाडी लोकमार्गमा जताततै पहिरो, पैदल हिँड्न पनि जोखिम

      रुकुम पश्चिम ः राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको एक सय २५ किलोमिटर दूरी साविकको रुकुम तथा हालको रुकुम९पश्चिम० र ९पूर्व०मा पर्छ । पश्चिमको चौरजहारी देखि पूर्वको भुमे गाउँपालिका (१ को पातिहाल्नालाई यस लोकमार्गले जोडेको छ ।

रुकुम९पश्चिम० र रुुकम९पूर्व०मा पर्ने मध्यपहाडी लोकमार्गको ट्रयाक खोल्ने काम सकिएर कालोपत्रेको प्रक्रिया सुरु भैसकेको छ । खण्ड(खण्डमा विभाजन गरेर कालोपत्रेको काम भैरहेको अवस्थामा हाल भने यस लोकमार्गको अवस्था दर्दनाक छ । बर्खा लागेसंगै लोकमार्गमा अनगिन्ति पहिरोहरु झरेका छन् । पहिरोले गर्दा बर्खा लागे देखि नै यातायात सेवा प्रभावित भएको छ ।

वर्खा सुरु भएसंगै मुख्य गरी मुसीकोट देखि पश्चिमको चौरजहारी र मुसीकोट देखि पूर्वको रुकुमकोट खण्डमा यातायात सेवा अवरुद्ध हुँदा सबैभन्दा धेरै यात्रुहरु मारमा परेका छन् । ४५ किलोमिटर दुरीको मुसीकोट–चौरजहारी खण्ड पुर्ण रुपमा संचालनमा छैन । चौरजहारी नगरपालिका र सानीेभेरी गाउँपालिकाका विभिन्न ठाउँमा दर्जन बढी पहिरो खसेको छ । कालेखोला पुल, चाईनाबगर, गिठाकोट लगाएतका ठाउँमा दर्जन बढी पहिरो खसेका कारण मुसीकोट–चौरजहारी सडक खण्ड बन्द छ । यस खण्ड अन्तरगत अहिले मुसीकोटदेखि सानीभेरी गाउँपालिकाको सहरेसम्म मात्र गाडि संचालनमा छन् । मुसीकोट–चौरजहारी सडक खण्ड बन्द हुँदा काम विशेषले सदरमुकाम मुसीकोट आउनेहरु सबैभन्दा बढी मारमा छन् । हरेक वर्षको वर्षायाममा यो सडकखण्ड अवरुद्ध हुने गरेको छ ।

करिब ४० किलोमिटर दुरीको मुसीकोट–रुकुमकोट खण्ड पनि पूर्ण रुपमा संचालनमा छैन । रुकुम९पश्चिम० र ९पूर्व० दुई जिल्लालाई जोड्ने यो खण्डमा पनि आधा दर्जन बढी ठाउँमा पहिरो झरेको छ । रुकुम९पश्चिम०मा पर्ने सडकमा सहजै यात्रा गर्न मिल्ने भएपनि रुकुम९पूर्व० सुरु भएपछि भने ठाउँ ठाउँमा झरेका ठुला ठुला पहिराले यात्रा रोकेको छ । रुकुम९पूर्व०को सिस्ने गाउँपालिकाको खोपिचार, रानिकोट र पाखागाउँमा ठुलो पहिरो झरेको छ ।

अविरल वर्षाका कारण उक्त ठाउँमा पहिरो झर्दा यात्रुहरु मुसीकोटबाट रुकुमकोट पुग्न तीन वटा सम्म गाडि परिवर्तन गर्न बाध्य छन् । मुसीकोटबाट खोपिचारसम्म एउटा गाडिमा पुग्ने यात्रुहरु त्यहाँ झरेको ठुलो पहिरो जोखिपूर्ण रुपमा पैदल पार गर्दै आधा घण्टा हिँडेर कोरवासबाट अर्को गाडी चढ्छन् । त्यहाँबाट हिँडेको गाडी रानिकोटको पहिरो जसोतसो पार गर्दै पाखागाउँमा पुगेर रोकिन्छ । त्यसपछि फेरी जोखिमपूर्ण रुपमा त्यहाँको पहिरो पैदल पार गर्ने यात्रुहरु अर्को गाडि चढेर रुकुमकोटसम्म पुग्छन् । करिब दुई घण्टामा हुने यात्रा ६ घण्टाभन्दा लामो भएको छ । ठाउँ ठाउँमा गाडि फेर्नु पर्ने र भनेको बेलामा गाडि नपाईने समस्याले दुई घण्टाको यात्रा ६ घण्टा भन्दा लामो हुन पुगेको हो । ‘पैदलै पहिरो पार गर्नुपर्दा मरिन्छ कि भन्ने डर रहन्छ ।’ रुकुमकोटका बिकास बिसीले भने ।

मध्यपहाडी लोकमार्गको रुकुमकोट देखि पूर्वको खण्डको अवस्था पनि उस्तै छ । भुमे गाउँपालिकाको धौलापैरा, काँडा बगर, दोमई लगाएतका ठाउँमा ठुलो पहिरो झरेको छ । जसका कारण रुकुमकोटबाट पूर्वका तकसेरा, कोल, रांशी, लुकम, काँक्रि लगाएतका ठाउँमा गाडि चल्न छाडेका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!