सञ्चार सेवा अवरुद्ध

इन्द्र बुढाथोकी
सल्यान ११ भदौ । सल्यान पश्चिम क्षेत्रको बनगाड कुपिण्डे नगरपालिका वडा न ५ राउँचेको लाटुगैरेमा रहेको नेपाल टेलिकमको नमस्तेको टावर अवरुद्ध भएको छ ।
६ महिना अघि फाल्गुनमा मात्र सन्चालनमा आएको टावर शुक्रवार देखि अवरुद्ध हुदा बनगाड कुपिण्डेको वडा न १, ४, ५ , ६ र सिद्धकुमाख गाउँपालीकाको केहि भागमा र छिमेकी जिल्ला सुर्खेतको सिम्ता गाउँपालिकाको केही भागमा सन्चार सेवा अवरुद्ध भएको छ । सन्चार अवरुद्ध हुदा त्यस क्षेत्रका नागरिक टेलिफोन सेवाबाट बन्चित भएका छन ।
नेपालगन्ज बाके नेपाल टेलिकमले कार्यालयले भने खराबी आएको र त्यसको समस्या समाधान गर्ने सुर्खेत टेलिकमलाई निर्देशन दिएको प्राबिधिक शिव खनालले जानकारी दिनु भएको छ ।







