विद्युत आयोजनाको नहर बाढीले वगाएपछि चार हजार स्थानीय अध्यारोमा

हेमन्त के सी

जाजरकोट , ११ भदौ ः वाढी र पहिरोले विद्युतको नहर वगाएपछि यहाँका ४ हजार भन्दा वढी स्थानीय अन्धकारमा वस्न वाध्य भएका छन् ।
जिल्लाको नलगाड नगरपालिकाको वडा न. २, ३, ४ र ५ को विचमा रहेको झुर्मेखोलामा गत साउन २९ गते आएको बाढीले नहर बगाएपछि नलगाड नगरपालिकाका ६ वटा लघुजलविद्युत् आयोजना बन्द भएका हुँन् । बाढीपहिरोले ८ किलोवाटको सिलिपलाउन लघु जलविद्युत, १५ किलोवाट सिलिपलाउन स्याँला धर्मशाला लघु जलविद्युत, ४५ किलोवाटको बागमारे लघु जलविद्युत, १५ किलोवाटको झुमराखोला लघु जलविद्युत,१६ किलोवाट लहरेखोला लघु जलविद्युत र १३ किलोवाट लहरे लघु जलविद्युत् आयोजनाको नहर र विद्युत उत्पादन गृहमा क्षति पुर्याएपछि पुर्ण रुपमा विद्युत सेवा अवरुद्ध भएको हो ।
बाढीले कुलो, बाँधस्थल, पावरहाउस लगायत संरचनामा क्षति पुर्याएको छ । विद्युत् आपूर्ति बन्द हुँदा नलगाडको नगर उज्यालो कार्यक्रमसमेत प्रभावित भएको छ । बाढीपहिरोले ६ वटा लघुजलविद्युत्को नहर, पावउरहाउस, बाँधस्थल लगायतमा क्षति पुर्याएको छ । बाढीले सबै जलविद्युत् आयोजनाको दुई सयदेखि तीन सय मिटर पक्की नहर बगाएको वडा ४ का अध्यक्ष प्रचण्ड ओलीले बताए । विद्युत् आपूर्ति बन्द भएपछि नलगाड नगरपालिका २, ३, ४ र ५ वडाका चार हजार घरपरिवार विद्युत् सेवाबाट वञ्चित भएका छन् । यी आयोजना निर्माण गर्न नगरको रकमले नपुग्ने नगरप्रमुख टेकवहादुर रावलले बताए ।
उनले विद्युत् आयोजना मर्मत गरेर छिटोभन्दा छिटो विद्युत् सुचारु गर्नका लागि प्रदेश तथा केन्द्र सरकारसँग बजेट माग गरिएको बताए । नलगाड अन्तर्गतका घुवारा, पीपलचौर, खन्टाकुरा, थाप्ला, कालिमाटी बजार, दल्लीलगायतका स्थानका बासिन्दा विद्युत् उपभोगबाट वञ्चित भएका हुन् ।
विद्युत् अभावमा स्थानीय बासिन्दाका साथै सरकारी कार्यालय, वित्तीय संस्था, विद्यालयलगायत संघसंस्थाको काम प्रभावित भएको छ । वाढी र पहिरोबाट यहाँका ८२ घरमा क्षति भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । नलगाड नगरपालिकामा भएको क्षतिका विषयमा केन्दीय सरकारको ध्इान आक्रषण गराउन नगरप्रमुख टेकवहादुर रावललको संयोजकत्वमा एक प्रतिनिधी मण्डल काठमाण्डौ गएको छ । नलगाड नगरपालिकामा मात्र ५५ वटा घट्ट , सयौ मुरीको धान खेत , समेत वाढीले बगाएको छ ।










