प्रमुख जिल्ला अधिकारी बस्नेत दल्ली पुगेपछि बाढी पिडितले अभिभावक पाएको दिए प्रतिक्रिया

बाढी र पहिरोबाट घरवहार गुमाई विस्थापित भएका नलगाड नगरपालिकाका पिडितलाई राहत लिएर गएका सरकारी अधिकारीको टोलीलाई यहाँका पिडितले अभिभावक पाएको प्रतिक्रिया दिएका छन् । जिन्दगीको वाँजी लगाएर काठको लाप्को तरेर दल्ली पुगेको सरकारी टोलीले राहत सहित पुर्ण स्थापनाका पहल गरेको भन्दै अभिभावक सम्झेको बताएका हुँन् । राहत वितरणका लागि प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, जिल्ला समन्वय समितिका संयोजक मनवहादुर रावल , प्रहरी प्रमुख रविन्द्र सिंह , नलगाड नगरपालिकाका नगरप्रमुख टेकवहादुर रावल लगाएको टोली पुगेको थियो ।
यसरी वितरण गरियो राहत
जाजरकोट नलगाडमा आएको वाढीले घर,खेत र जग्गा गुमाएका लाई राहत वितरण गदै दल्लीमा ८२ परिबार लाई । १ लाख, पुरै घर क्षति भएकालाइ , रू ५० हजार र आंशिक क्षति भएकालाई, २० हजार नगद तथा रेडक्रसको तर्फबाट त्रिपाल सहित बन्दोवस्तीका सबै सामान उपलब्ध , वर्षा भइरहेकोले ठाउँ ठाउँमा ठूला ठूला खोला जोखिमपूर्ण तरिकाले पार गर्नुपरेको, पहिरो पन्छाउदै जलाम्य र हिलाम्य सडक भएर आउनु पर्दा यात्रा निकै कष्टपूर्ण ,
शीघ्र तथा अधिकतम उद्धार, राहत र पुनर्स्थापनामा हामी अहोरात्र खरटिरहेका छौं , सबैलाई एकतावद्ध भई हातेमालो गर्दै अघि बढ्न अनुरोध ।

तस्विर ललितकुमार बस्नेत , प्रमुख जिल्ला अधिकारी , जाजरकोट










