टयाक्टर दुर्घटनामा एकको मृत्यु

रुकुम पश्चिममा टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी आठविसकोट नगरपालिका १ का ३८ वर्षिय राजकुमार विक को मृत्यु भएको हो ।

दुर्घटनामा सोही नगरपालिका वडा नम्बर २ का चालक बलजीत बिक गम्भिर घाईते भएको प्रहरीले बताएको छ ।
घाईते बिकको स्थानीय मेडिकलमा उपचार भईरहको जानकारी दिईएको छ । वाँफिकोट गाउँपालिकाको वडा नम्बर ३ र ४ को सिमानामा पर्ने स्पार्पू दह नजिकै रा १ त ३१०६ नम्बरको टयाक्टर दुर्घटनामा परेको हो ।

बाँफिकोटबाट चामल लिएर स्यापुतर्फ गईरहेको टयाक्टर दुर्घटनास्थलबाट करिब एक हजार मिटर तल खसेको बताईएको छ । दुघटनाको कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!