उर्लिदो भेरीमा युवाहरु भेल खेल्ने चाड मनाउँदै

इन्द्र बुढाथोकी
सल्यान १ भदौ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ अम्राका स्थानीय युवाले आज भदौ १ गतेलाइ भेल खेल्ने चाडका रूपमा मनाउने गर्दछन् । चाडपर्वको आगमन भएको वताउने यो भेल खेल्ने चलन परम्परागत रुपमा रहेको छ ।

प्रत्यक वर्षको भदौ १ गते दिनका उक्त गाउँमा भुई छोड्ने भनेर युवाहरु भेल खेल्ने र महिला तथा वालवालीका जंगल पुगेर पिंङ्गको लागि कैयार काटेर ल्याउने चलन रहेको छ । कोहि जमिन छोड्ने भनेर भेरीमा भेल खेल्दै थिए भने अरु पिंङ्ग खेलेर रमाईरहेका थिए । जंगलबाट काटेर ल्याएको कैयार वुढापाकार र युवाले बाटेर पिंङ्ग निर्माण गर्ने वताईन्छ । उर्लिदो भेरीमा युवाहरुले भेल खेलेर पून्य प्राप्ती हुने धार्मिक मान्यता समेत रहेको स्थानीयको भनाई छ । पछिल्लो पुस्ताले भेल्ने खेल्ने पर्वलाई विर्सिए पनि अझै वुढापाकाहरु भने यसको महत्व निकै रहेको वताउने गरेका छन् । अम्राका
स्थानीय वृद्धहरुका अनुसार पहिले पहिले टाढाटाढाबाट भेरीमा भेल्न खेल्ने आउने गरेको वताए । तर आज भोलि आएर यो पर्वलाई खासै महत्व नदिएको उनको भनाई छ । चाडपर्वको सुरुवातीका रुपमा मनाउने यो पर्व धार्मिक रुपले यसको फलदाय महत्व रहेको जनाएको छ । विगत जस्तै यसपाली पनि भेरी नदिमा भेल खेल्नको लागि देवस्थलको बन्गाड मोडबाट भेल खेल्दै स्थानीय युवाहरु ठिग्नी र अम्रा नजिकै उत्रेका थिए । उलिर्दो भेरीको भेलमा धेरै युवाहरु कम्मरमा चिन्ह वाँधेर उक्त भेलमा पसेका थिए ।

ठुलो युवा जमात लहरै लागेर उर्लिदो भेरी नदिमा डुवुल्की मार्दे रमाउदै उनिहरु भेलमा रमाईलो गरिरहेका थिए । भाद्र संक्रान्तीलाई चाडपर्वको आगमनका रुपमा लिने गरिएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!