राहत उपलब्ध गराउन सरकारसँग माग
नेपालपोष्ट खबर
। ३१ श्रावण २०७५, बिहीबार १२:५० मा प्रकाशित

काठमाडौँ : राष्ट्रियसभाको आज बसेको बैठकको विशेष समयमा अधिकांश सांसदले बाढीपहिरो र वर्षातले पीडित भएका जनतालाई क्षतिपूर्ति
उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।सांसद कालीबहादुर मल्ल र भैरवसुन्दर श्रेष्ठले जाजरकोटका बाढीपीडित जनतालाई राहत उपलब्ध गराउन र आवश्यक स्थानमा पुल निर्माण गरी आवतजावत सहज बनाउर्न सरकारको ध्यानाकर्षण गर्नुभयो । सांसद धनकुमारी खतिवडाले ललितपुरस्थित रेडियो नेपालको जग्गा कानून विपरीत सम्झौता गरी स्थानीय निकायलाई कुनै खबर नै अरुलाई भाडामा लगाउने कार्य गैरकानूनी रहेको बताउनुभयो ।
सांसद अनिता देवकोटाले स्थानीय सरकारले जथाभावी रुपमा कर असुली गरेको, बिमला राई पौडेलले भूकम्पपीडित जनताको आवास निर्माणमा सरकारको ध्यान नपुगेको र रामप्रीत पासवानले राजधानीका सडकको जीर्ण अवस्था निर्र्माणमा तदारुकता नदेखाएको बताउनुभयो । त्यसैगरी सांसद कविता बोगटी, दुर्गाप्रसाद उपाध्याय र नैनकला ओझाले समसामायिक विषयमा सरकारको ध्यानाकर्षण गर्नुभएको थियो ।
–––










