सुर्खेत कालीखोला र सल्यान कारागाउँ जोडने झोलुंगे पुल निर्माण स्थानीय खुसी

इन्द्र बुढाथोकी
साउन ३० सल्यान । सुर्खेतको सिम्ता गाउँपालिका ४ कालिखोला र सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न ३ कारागाउ जोडने झोलुंगे पुल निर्माण भए पछि स्थानीय खुसी बनेका छन । १ सय ९४ मिटर लम्बाई भएको ६३ मेट्रीकटन क्षमता भएको पुलको मना मालिका जेभिले १ करोड ५ लाख लागतमा पुलको काम सम्पन्न गरेको छ । उक्त ठाउँमा पुल बने पछि काठको ढुङ्गा विस्थापित भएको छ । पुल नहुदा त्यस ठाउका स्थानीय ढुङ्गाबाट भेरीमा जोखिम पुर्ण तरिकाले आवतजावत गर्ने गरेका थिए । उक्त ठाउँको झोलुंगे पुल छिन्चु जाजरकोट सडक बाट नजिकै पर्ने भएकोले बनगाड कुपिण्डे नगरपालिका वडा न ३ का स्थानीयलाई सहज हुने भन्दै स्थानीय विरेन्द्र बस्नेतले सुखी व्यक्त गरेका छन । अब पुल बने पछि त्यहाँ बाट पढ्न जाने बालबालिकाहरुलाइ बिध्यालय जान सहज हुने भएको छ । पुल नहुदा वर्षाको समयमा विद्यार्थीहरु विध्यालय जान बाट बन्चित हुन्थे ।










