जाजरकोटमा नेकपाको नेतृत्व लिन तानातान

जाजरकोट ः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको जिल्ला नेतृत्वका लिनका लागि नेताहरु विच तिव्र प्रतिष्पर्धा चलेको छ । पार्टी एकिकरणको लामो समय पछि जिल्ला नेतृत्व तोक्न पार्टी केन्द्रिय समितिले पहल थालेपछि जिल्ला नेतृतव हात पार्न उनीहरु विच तिव्र प्रतिष्पर्धा चलेको हो । जिल्ला अध्यक्षको पद आफनो पोल्टामा पार्नका लागि पुर्व एमाले र पुर्व माओवादी केन्द्रका जिल्ला नेताहरु काठमाडौंमा वसेर आप आफनो केन्द्रिय नेतृत्वसंग लविंग गर्न सक्रिय भएर लागि परेका छन् ।
दुवै पक्षका नेताहरुले आफुले नेतृत्व पाए मात्र न्यायपुर्ण सहि हुने तर्क दिदै जिल्ला अध्यक्ष पद दावी गरिरहेका छन् । पार्टीले जिल्लाको नेतृत्व मिलाउन पुर्व एमालेको तर्फवाट भैरवसुन्दर श्रेष्ठ र करवीर साही तथा पुर्व माओवादी केन्द्रको तर्फवाट गणेसप्रसाद सिंह र ढकवीर रानालाइ नाम सिफारीस गर्न जिम्मेवारी दिएको छ । पार्टीले कार्यकारी भुमिकामा रहेका नेता वाहेकलाइ मात्र जिल्लाको नेतृत्वमा लिने निर्णय गरेपछि कुनै जिम्मेवारीमा नरहेका नेताहरु विच नेतृत्व लिन हानथाप जस्तै चलेको वताइएको छ । अध्यक्षका लागि पुर्व एमालेको तर्फवाट डम्वरवहादुर सिंह, कृष्णवहादुर वुढा, रत्नप्रसाद सर्मा र पुर्व माओवादीको तर्फवाट ढकवीर राना, गगनवहादुर खड्का, पुर्णदेव शर्मा र इमास्वर देवकोटाले दावी गरेका छन् । पुर्व एमालेको तर्फवाट दावी गर्ने सिंह एमालेका पुर्व अध्यक्ष हुन भने वुढा पुर्व जिविस उपसभापति र पार्टीको तर्फवाट दुवइ पटक सांसदमा पराजित उम्मेदवार हुन भने सर्मा भने पुर्व एमालेको जिल्ला सचिव तथा पुर्व सांसद हुन् । यस्तै माओवादी केन्द्रको तर्फवाट दावी गर्ने राना माओवादी केन्द्रको जिल्ला संयोजक हुन भने खडड्का केन्द्रिय सदस्य , सर्मा पुर्व माओवादीका अध्यक्ष र देवकोटा सेक्र््ेटरी हुन् । अध्यक्ष पदमा दावी गरिरहेका मध्य पुर्व माओवादीका नेता ढकवीर रानाले आफु वाहेक पुर्व एमालेका नेताले अध्यक्ष पद पाउनु आफुहरुको लागि अन्यायपुर्ण हुने वताए ।
पार्टी एकता हुनु अघि आफु माओवादीको जिल्ला संयोजक भएको र एमालेका अध्यक्ष्ँ करवीर साही प्रदेस सांसद भइसकेकोले स्वभाविक रुपमा नेतृत्व आफुले नै पाउनु पर्ने रानाले दावी गरे । पुर्व माओवादी पक्षका अन्य नेताहरुको तुलनामा आफु नै योग्य र र्निविकल्प नेता भएकोले आफुले नेतृत्व पाउनु न्यायपुर्ण हुने उनले वताए । उता पुर्व एमालेक जिल्ला सचिव चन्द्रप्रकास घर्तीले आफनो तर्फवाट डम्वरवहादुर सिंह अध्यक्ष्ँको लागि सिफारीस हुने लगभग पक्का भएको वताए । उनले सिंह पार्टीको अध्यक्ष्ँ पनि भइसकेको र सांसदको चुनावमा पनि लडिसकेको नेता भएको हुनाले एकिकृत पार्टीको अध्यक्ष हुन सिंह नै योग्य भएको वताए । घर्तीको उक्त प्रस्तावलाइ पुर्व एमालेकै अर्का नेता कृष्णवहदुर विसीले असहमति जनाउदै आफनो लाइनको तर्फवाट कसैको नाउमा निर्णय नभएको र आफनो पनि पार्टीको जिल्ला नेतृत्व लिनका लागि दावी रहेको वताए । आफुहरुको तर्फवाट डम्वरवहादुर सिंह, आफु र रत्नप्रसाद सर्माको दावी रहेको भएपनि पार्टीलाइनवाट कसैको नाम सिफारीस नभएको वताए ।
पुर्व एमालेको तर्फवाट नाम सिफारीसको जिम्मा पाएका नेकपाका केन्द्रिय सदस्य भैरभसुन्दर श्रेष्ठले दावी सवैको रहेको र नाम कसैको सिफारीस नगरिएको वताए । उनले केहि दिनमै नेकपाको जिल्ला नेतृत्व टुंगिने वताए । पार्टी एक भएपनि जिल्लामा अभैm नेकपाका नेता कार्यकर्ताहरु एकिकृत पार्टीको नेता कार्यकर्ताको रुपमा व्यवहार देखाउन सकिरहेका छैनन् ।










