हल्लाको पछि नलाग्न नगरप्रमुखको अनुरोध

जाजरकोट । जाजरकोटको भेरी नगरपालीकाका नगर प्रमुख चन्द्र प्रकाश घतीले जाजरकोट रिम्ना डोल्पा सडक खण्ड मर्मतको बिषयमा अनावश्यक हल्ला भएको बताए । केहि दिन पहिले देखि सामाजीक सञ्जालमा जाजरकोट रम्निा डोल्पा सडक खण्डको मर्मतकोलागि आठबिसकोट नगरपालिकाले काम शुरु गरेको भन्ने केही ब्यक्तिहरुले भ्रमक प्रचार गरिएको आफु दुखित भएको बताए ।

घर्तीका अनुसार सामाजिक संजालमा भ्रामक ढङ्गले गरिएको अफवाहले गम्भीर ध्यानाकर्षण भएको भन्दै शनिवार सामाजीक सञ्जालमा दुख ब्यक्त गरेका छन । सामाजीक सञ्जाल मार्फत जाजरकोटि जनतालाइ प्रमुख घर्तीले सर्बप्रथमतस् यो अभिव्यक्तिमा कुनै पनि सत्यता नरहेको जानकारी गराउन चाहान्छु १ प्राकृतिक प्रकोपले निम्त्याएको सबै प्रकारका बिपदहरुसङग जुध्नेक्रममा भेरी नगरपालिका परिवार सधैं जनताहरुबिच नै छ ।

नगरपालिकाको सिमित साधन र श्रोत सम्पुर्ण ढङगले जनताको हितको खातिर प्रयोग गरिएको छ । उल्लेख गरीएको छ । कुनै पनि ब्यक्तिहरु आफनो स्वार्थपूर्ण ढँगले जनता भडकाउने काममा लागिपरेको प्रमुख घर्तीले बताए ।“ सडकखन्ड दर्जनौं पटक नगरपालिकले नै मर्मत गरिसकेको छ, यद्यपि यो केन्द्रिय सडक बिभागअन्तर्गतको अधिकार र दायित्व क्षेत्रभित्र पर्द छ ।नगरपालिकाको नियमित श्रोतबाट उक्त बिकराल समस्या एकल ढङगले समाधान हुन नसक्नेहुदा आबश्यक दीर्घकालीन समाधानको लागी केन्द्र सरकार र प्रदेश सरकारका प्रतिनिधिहरुबिच छलफल भैरहेको छ” । उनले भने ।

जिल्ला भरी हाल अवीरल बर्षात नरोकिएकोले रोकिए पस्चात्त पुनः ३ वटा जे सि बि र २ वटा टिपरहरु एकसाथ भेरी नगरपालिकाले नै लगानी गरेर सडक सुचारू गराउन समेत नगर प्रमुख घर्तीले जानकारी दिए ।




सम्बन्धित समाचार


error: Content is protected !!