मेडिकल माफिया को , नेकपा कि कांग्रेस

काठमाडौँ उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न दिन नहुने मुख्य मागसहित डा। केसी १९ दिनदेखि जुम्लामा अनसन बसेका छन् । तर, सरकार काठमाडौंमा थप मेडिकल कजेल खोल्न दिनुपर्ने भन्दै केसीको यो माग पूरा गर्न असहमति जनाइरहेको छ । जसले गर्दा डा। केसीको अनसन झन् लम्बिँदै गएको छ ।

उता, केसीको मागमा समर्थन गरेको कांग्रेसले नेपाल कम्युनिस्ट पार्टीका नेता मेडिकल माफिया भएकाले केसीको माग पूरा गर्न नचाहेको आरोप लगाउँदै आएको छ । ‘नेकपाका धरै नेता जनता लुट्न मेडिकल कलेज खाल्दै छन्, त्यसैले नेकपा नेतृत्वको सरकारले केसीका माग पूरा गर्न नखोजेको हो’ भन्दै कांग्रेसका सांसद संसदमा समेत गर्जिरहेका छन् । तर, कांग्रेसले डा। केसीलाई समर्थन गर्नुका पछाडि उनको जीवन रक्षा वा जनताको स्वास्थ्य सरोकारभन्दा ‘नेपाली मेडिकलजगत’मा आफ्नै सिन्डिकेट कायमै रहोस् भन्ने स्वार्थ पनि देखिन्छ ।

नेकपालार्इ मेडिकल माफियाको आरोप लगाएर बदनाम गर्दै मेडिकल शिक्षामा आफ्नै पार्टीका नेताको रजगज कायमै राख्ने कांग्रेसको रणनीति देखिन्छ । काठमाडौं उपत्यकामा १० वर्ष मेडिकल कलेज नखोल्दा विद्यार्थी आफ्नोमा मात्रै ल्याएर आफूनिकटका नेतालाई फाइदा गराउन डा। केसीलाई उचालेर सदनदेखि सडकसम्म आन्दोलनका कार्यक्रम कांग्रेसले घोषणा गरेको टिप्पणी हुन थालेको छ ।

असार २७ गते राजधानीमा आयोजित एक कार्यक्रममा नेकपाका सांसद योगेश भट्टराईले भनेका थिए– ‘देशभर नेपाली कांग्रेसका नेताहरूले १८ वटा मेडिकल कलेज खोल्दा चुप लागेर बस्ने, नेकपाका नेताहरूको कलेजले सम्बन्धन पाउने बेलामा अनसन बस्ने रु मनमोहनसँग के दुश्मनी छ रु’ भट्टराईले यसो भन्दै गर्दा हाल सञ्चालित डेढ दर्जन निजी मेडिकल कलेजमध्ये अधिकांश कांग्रेस नेताको प्रत्यक्ष लगानी तथा उनीहरुलाई चन्दा सहयोग गर्दै आएका निकटवर्तीको लगानी देखिएको छ । अधिकांश सञ्चालक हालै सम्पन्न निर्वाचनमा उममेदवार बनेका थिए । उनीहरु सबै पराजित भएका छन् ।

सरकारी मेडिकल कलेजमा पढेका विद्यार्थी चिकित्सक लाइसेन्स परीक्षामा ८‍० प्रतिशत उत्तीर्ण छन् भने कांग्रेस नेताकै लगानीमा सञ्चालित मेडिकल कलेजमा पढेकाहरू २० प्रतिशतमात्र उत्तीर्ण छन् । ‘उपत्यकामा थप मेडिकल कलेज खुलेमा प्रतिस्पर्धाका आधारमा विद्यार्थी गुणस्तरीय मेडिकल कलेजमा पढ्न जानेछन्, त्यसो हुँदा कांग्रेसका लगानीका मेडिकल कलेजको व्यापार सुक्नेछ, त्यसैले आफ्नो व्यापार फस्टाओस् भनेर कांग्रेस सरकारविरुद्ध उत्रिएको छ,’ नेकपाका नेताको साझा बुझाइ हो यो । त्यसैले नेकपाका नेता भन्दै आएका छन्– ‘मेडिकल कलेज सञ्चालन गर्ने कांग्रेसका नेताचाहिँ राम्रा अनि नेकपाका नेताले मेडिकल कलेज खोल्न खोज्दाचाहिँ माफिया रु’

कुन मेडिकल कलेज कुन दलका नेताका रु

हाल निजी स्तरबाट सञ्चालित डेढ दर्जन मेडिकल कलेजमध्ये अधिकांशका मालिक खुलेआम राजनीतिमा सक्रिय छन् । १० वटामा कांग्रेस नेता तथा निकटका व्यवसायीको प्रत्यक्ष लगानी छ । त्यसबाहेक कांग्रेसले मेडिकल माफियाको आरोप लगाएको नेकपाका नेता तथा निकटका व्यवसायीको लगानीमा दुई वटा मेडिकल कलेज सञ्चालनमा छन् । अरु भारतसम्मका व्यापारीदेखि नेपालकै नेता र उद्योगीको समेत लगानी छ, जसमा कांग्रेसनिटककै नेताहरु सञ्चालक समितिमा छन् ।

यी हुन् कांग्रेसनिकट मेडिकल कलेज

काठमाडौं मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज पाल्पा, गण्डकी मेडिकल कलेज पोखरा युनिभर्सल मेडिकल कलेज भैरहवा कांग्रेसकै नेताहरुका हुन् । मणिपाल मेडिकल कलेजमा पोखरा भारतीय लगानी भए पनि कांग्रेसकै नेताहरु सञ्चालक समितिमा छन् ।

विराट मेडिकल कलेजका अध्यक्ष डा। ज्ञानेन्द्रमानसिंह कार्की पेसाले चिकित्सक भए पनि राजनीतिक रुपमा कांग्रेस हुन् । नेपाल मेडिकल कलेज काठमाडौंका अध्यक्ष डा। भोला रिजाल पनि कांग्रेस हुन् । उनी कांग्रेसनिकट लोकतान्त्रिक समूहबाट चिकित्सक संघको अध्यक्षसमेत भइसकेका छन् ।

बाँकेको नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा। सुरेशकुमार कनौडिया कांग्रेसका प्रखर नेता हुन् । कनौडिया ०७४ सालको स्थानीय तह निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका प्रमुखमा कांग्रेसबाट उम्मेदवार बनेका थिए । उनी पराजित भएपछि फेरि अर्कोपटक उम्मेदवारीको तयारीमा सक्रिय राजनीतिमा छन् ।

कनौडिया २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि कांग्रेसको समानुपातिकतर्फ उम्मेदवार बनेका थिए । नोबल मेडिकल कलेज विराटनगरका अध्यक्ष डा। सुनिल शर्मा पनि कांग्रेस नै हुन् । उनी गएकोे प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसको तर्फबाट शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका थिए । उनी तत्कालीन बाम गठबन्धनका उम्मेदवार भानुभक्त ढकालसँग पराजित भएका थिए ।

भारतीय लगानीमा रहेको कलेज अफ मेडिकल साइन्स चितवनले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा अनुमति पाएको हो । यो मेडिकल कलेजलाई हरेक दलका नेताले स्वार्थपूर्तिको माध्यम बनाए पनि बढी कांग्रेसनिटक नै छ ।

नेकपाका नेताका दुई, राजावादीका एक

मेडिकल माफियाको आरोप खेपिरहेको नेकपाका नेताहरुको मेडिकल कलेज थोरैमात्र छन् । नेसनल मेडिकल कलेज वीरगन्ज र मनमोहन मेमोरियल मेडिकल कलेजमा नेकपाका नेताको प्रत्यक्ष लगानी छ । नेपाल कम्युनिस्ट पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डे मनमोहन मेमोरियल काठमाडौंका अध्यक्ष हुन् । डा। केसीकै मागका कारण सो कलेजले सम्बन्धन पाएको छैन । मनसाय पत्र लिएर भौतिक पूर्वाधार बनाइसकेको मेडिकल कलेजलाई सम्बन्धन दिलाउन नदिन कांग्रेस लागिपरेको नेकपा नेताहरुको आरोप छ । मनमोहन कलेजका सञ्चालक पाण्डे पूर्वमन्त्री हुन् । उनी प्रदेश नम्बर ३ बाट प्रदेश सभा सदस्य छन् ।

ग्लष्तभम ऋझभलत उता, नेसनल मेडिकल कलेज वीरगन्जमा पनि एमालेकै नेताको प्रत्यक्ष लगानी छ । नेसनलका प्रबन्ध निर्देशक बसिरुद्धिन अन्सारीले गएको स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरपालिकाको प्रमुखमा तत्कालीन नेकपा एमालेबाट उम्मेदवारी दिएका थिए । किस्ट मेडिकल कलेज काठमाडौंका प्रिन्सिपल बलमान सिंह भने राजावादी हुन् ।

मुलुकको संविधान र नीति–नियमलाई छलेर र अपव्याख्या गरेर मुलुक र समाजलाई समेत गुमराहमा राख्दै राज्यका स्थापित निकायसमेतको दुरुपयोगमा संलग्न धुर्त व्यक्तिहरुको समूह हो माफिया । त्यसैले ‘माफिया’ हचुवाका भरमा प्रयोग गरिने शब्द होइन । आफ्नो निजी स्वार्थ पूर्तिका लागि मुलुकलाई नै दाउमा राख्न उद्यत् ‘माफिया’को बिल्ला अरुलाई भिराउँदै गर्दा आफ्ना गतिविधितर्फ गम्भीर बन्ने कि नबन्ने रु विश्लेषकहरुको प्रश्न छ ।





error: Content is protected !!