जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

रुकुम(पूर्व)को सिस्ने गाउँपालिका पाँचमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट साही गाउँपालिकाको धौलापैरा भन्ने ठाउँमा जादै गरेको लु १ ज २५७३ नम्बरको जीप धारपानीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

मृतकको पहिचान हुन सकेको छैन् । दुर्घटनामा परी केहि यात्रु घाईते पनि भएका छन् । घाईतेलाई उद्धार गरी स्वास्थ्य संस्थासम्म ल्याउँने काम भैरहेको छ । नेपाली सेना, प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् ।

घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व)ले जनाएको छ । जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ । बर्खाको समयमा बाटो चिप्लो भएका कारण जीप दुर्घटना भएको हुन सक्ने अनुमान गरिएपनि के कारणले दुर्घटना भयो भन्ने बारेमा जानकारी हुन सकेको छैन् ।





error: Content is protected !!