मालिकाको हल्का माया रिलिज

काठमाडौं , रेखा थापाको निर्माण रहेको फिल्म ुमालिकाुको गीत रिलिज भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश ुहल्का मायाु बोलको गीत सार्वजनिक गरिएको हो।

सुरेश अधिकारीको संगीत रहेको उक्त गीतमा नर बहादुर कार्कीको शब्द रहेको छ भने अन्जु पन्तको स्वर सुन्न सकिन्छ। रामजी रामिछानेको नृत्य निर्देशनमा तयार भएको भिडियोमा नायिका रेखा थापाले नृत्य प्रस्तुत गरेकी छिन्। ठुलो सङ्ख्यामा कोरश नचाइएको उक्त भिडियोमा नायिका रेखा थापा पनि मौलिक भेषभुषामा प्रस्तुत छिन्। कात्तिक २१ गतेबाट प्रदशर्नमा आउने फिल्ममा जाजरकोटकी कमला ओली मुख्य भूमिकामा प्रस्तुत भएकी छिन्।

फिल्मको छायाँकन जाजरकोट सहित काठमाडौं, बनेपा, बाँकेलगायतका क्षेत्रमा गरिएको छ। नर बहादुर कार्कीको कथा रहेको फिल्ममा शिवम अधिकारीको पटकथा रहेको छ। रेखा फिल्मस्ुको व्यानरमा निर्माण भएको फिल्ममा नर बहादुर काकर्कीको लागनी छ। सरस्वती थापा र तारा थापा पनि फिल्मका निर्माता हुन्। हेर्नुहोस् गीत





error: Content is protected !!