सिसिटिभीले जाजरकोट सदरमुकामको निगरानी

जाजरकोट , यहाँको सदरमुकाम खलंगामा सिसिटिभी  जडान कार्य सुरु गरिएको छ । भेरी नगरपालिकाको आर्थिक सहयोग र प्रहरीको समन्वयमा यो कार्य सुरु गरिएको हो ।
सदरमुकामको तल्लो थाप्ले , ठाँटीवजार ,गैरीखाली , शान्ति चौतारा लगाएका क्षेत्रमा सिसिक्यामरा जडान गरिन लागिएको हो । सोमबार बाट कामको सुरु गरिएको छ । एक हप्ता भित्र सवै काम पुरा हुँने भेरी नगरपालिकाले जनाएको छ । सिसिक्याक्यामरा जडान पछि यहाँ हुँने विभिन्न अपराध , चोरी , डकैती , हो हल्ला , शान्ति सुरक्षा भंग गर्ने लगाएका कार्यहरु कमी आउँने प्रहरीले अपेक्षा गरेको छ ।
यसै गरी जिल्ला प्रशासन कार्यालयमा वसेको वैठकले जिल्लाका ४ ठाउँमा मात्र कार्यक्रम गर्न दिने भएको छ । प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले दिएको जानकारी अनुसार तल्लो थाप्ले , ठाँटीवजार, गैरीखालीमा मात्र सार्वजानिक कार्यक्रम गर्न दिने निर्णय भएको छ ।





error: Content is protected !!