मन्त्री बुढाले रोपे त्रिपुरा सुन्दरीमा श्रीखण्डको बिरुवा

डोल्पा , कर्णाली प्रदेश सरकारका पर्यटन,बन बातावरण तथा उद्योग मन्त्री नन्दसिँह बुढा गृह जिल्ला डोल्पा पुग्नुभएको छ ।
हेलिकोप्टरबाट डोल्पा पुगेका मन्त्री बुढाले त्रिपुरा सुन्दरी नगरपालिका १ मा पर्ने त्रिपुरा सुन्दरी मन्दीरमा श्रीखण्डको बिरुवा रोप्नु भएको थियो ।
नाङ्गा डाँडापाखाहरु हराभरा बनाउने अभियान स्वरुप देशकै प्रशिद्ध त्रिपुरा सुन्दरी मन्दिरमा श्रीखण्डको बिरुवा रोपेर अभियानको सुरुवात गरिएको हो ।
बन तथा बातावरण मन्त्रालय समेत समालेका मन्त्री बुढाले हरियाली अभियान सँगै डोल्पामा भईरहेका बिकास निर्माणका कार्यक्रमहरुको अनुगमन तथा मन्त्रालयले आगामि आवमा सुरुगर्ने बिकास निर्माणका कार्यक्रमहरुको सम्भाव्यता समेतको अध्ययन् गर्नकोलागि मन्त्री बुढा डोल्पा पुगेको सोखिय सचिव डम्मर बुढाले जानकारी दिनुभयो ।
खाली जमिनको उपयोग गरेर हराभरा बातावरण बनाउनुका साथै जनताको आयस्तर बडाउने खालका बोट बिरुवाहरु रोप्नकोलागि प्रोत्साहित गरिने प्रदेश सरकारको निति रहेको समेत बताईएको छ ।रामचन्द्र न्यौपाने




सम्बन्धित समाचार


error: Content is protected !!