बहुक्षेत्रीय पोषण कार्यक्रम डोल्पामा निष्प्रभावी

रामचन्द्र न्यौपाने दुनै(डोल्पा)
महिला
तथा बालबालिकाहरुमा देखिएको न्युनपोषण र अधिक पोषण गरि दुबै प्रकारका कुपोषण सम्बन्धी समस्यालाई न्युनीकरण गर्ने उद्देश्यले हिमाली जिल्ला डोल्पाका स्थनीय तहहरुमा संचालित बहुक्षेत्रीय पोषण कार्यक्रम निष्प्रभावी भएको पाइएको छ ।
डोल्पाका त्रिपुरासुन्दरी नगपालिका र ठुलीभेरी नगरपालिका अन्तरगतका पहाडा लिकु जुफाल र त्रिपुरकोट लगायतका मानव बस्तीहरुमा बहुक्षेत्रीय पोषण कार्यक्रमको कार्यान्वयन अवस्था र यसको प्रभावकारिताको जानकारि लिन पहिलो पटक जिल्लास्तरीय अनुगमन टोलीले स्थलगत अनुगमन गरेपछि कार्यक्रम निष्प्रभावी भएको पाइएको हो ।
जिल्ला समन्वय समितिका संयोजक शेरबहादुर बुढा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा प्रहरी नायव उपरिक्षक हरिप्रसाद शर्मा जिल्ला समन्वय समितिका सचिव कृष्णप्रसाद लम्साल जिल्ला अनुसन्धान अधिकृत सुमन भण्डारी र संचारकर्मि सहितको टोलीले पहिलो पटक डोल्पाका स्थानीय तहहरुमा संचालित पोषण कार्यक्रमको स्थलगत पुगेर कार्यक्रमको कार्यान्वयनको अवस्था र प्रभावकारिताको जानकारी लिएको हो ।
डोल्पाका ठुलीभेरि नगरपालिकाका वार्ड–६,७,८ त्रिपुरासुन्दरी नगरपालिकाका वार्ड–७,८,९,१० र ११ डोल्पो बुद्द गाउँपालिकाका वडा नं–१,२,३ शे फोक्सुण्डो गाउँपालिकाका वार्ड–१,२,जगदुल्ला गाउँपालिकाका वडा नं–१,२,३,४,५,६,मुड्केचुला गाउँपालिकाका वार्ड–७,८,९ काइके गाउँपालिकाका वडा नं –१,२,३,४,५,६ र छार्कातांङ्गसोङ्ग गाउँपालिकाका वडा नं–४,५ र ६ गरि आठ स्थानीय तहका ३१ ओटा वडाहरुमा बहुक्षेत्रीय पोषण कार्यक्रम लागु छ ।
बहुचर्चित कार्यक्रम मानिएको बहुक्षेत्रीय पोषण कार्यक्रम लागु भएका आठ स्थानीय तहका ३१ वार्डका न्युनपोषण समस्या प्रजनन् उमेरका महिला र पाँच वर्षमुनिका बालबालिकाहरुको लागि पोषणयुक्क्त खानेकुरा खुवाउनको लागि भनेर ग्रिनहाउस निमार्ण,सफास्वच्छ पिउनेपानी पिउनको लागि फिल्टर,तरकारी खेतीको लागि बिउबिजन ,मासु खानको लागि भेडाबाख्रा र कुखुराका चल्ला बितरण र स्वस्थ्यप्रजनन तथा बालबिवाहा बिरुद्द सचेतनामुलक कार्यक्रमका लागि आर्थिक वर्ष ०७४÷०७५ मा बहुक्षेत्रीय पोषण कार्यक्रम र स्थानीय तहको आन्तरिक स्रोत गरेर एक करोड बराबरको बजेट कार्यक्रममा खर्च भएको बताइएको छ ।
त्रिपुरासुनदरी नगरपालिका अन्तरगतको वार्ड–९,१०,र ११ मा भेडाबाख्रा बितरण जगदुल्ला गाउँपालिकाका वार्डहरुमा चल्ला तथा भेडाबाख्रा बितरण गरिएको पाइएपनि त्रिपुसुन्दरी नगरपालिकाका वार्ड–७,८ ठुलीभेरी नगरपालिकाका वार्ड–६,७,८ लगायत अन्य गाउँपालिकाहरुमा आर्थिक वर्ष सकिनै लाग्दा समेत कुनैपनि कार्यक्रम नगरिएको लक्षित बर्गसम्म कार्यक्रम कागजमै सिमित रहेको स्थानीयले बताएका छन ।
उक्त वडाहरुकोलागि प्लाष्टिक ल्याएर त्रिपुराकोटमा थन्काईएपनि बितरण अझै नभएको पाईएको हो ।
पोषण कार्यक्रम अन्तर्गतका वितरण गरिने बस्तुहरु मागमा आधारित नभएर जवरजस्ती जनतामाझ ल्याएर बितरणगर्ने परिपाटी रहेको जनप्रतिनिधिहरुले गुनासो गरेकाछन् ।
कतिपय स्थानीयहरुका बस्तीहरुमा तराईका जिल्लाबाट कुखुरा ल्याएर बितरण गरिएपनि जनता माझ पुगेको दुईचार दिनमै सबै कुखुराहरु मरेको जनताले गुनासो गरे ।
यसै गरि बहुक्षेत्रीय पोषण कार्यक्रमको लागि स्थानीय तहमा फोकल ब्यक्क्तिको रुपमा रहेका महिला तथा बालबालिका कार्यालयका कर्मचारीहरु कहिल्यै पनि नआएको गुनासो अनुगमन टोली समक्ष कार्यक्रम लागु भएका लक्षित बर्गहरुले राखेका थिए ।
जिल्लामा लागु गरिएको बहुक्षेत्रीय पोषण कार्यक्रम महत्वपुर्ण मानिएपनि फोकल ब्यक्त्तिको लापरवाही र नियमनकारी निकायको अभावमा कार्यक्रम प्रभावकारी बन्न नसकेको हो ।
डोल्पा जिल्लामा अति शिघ्र कुपोषण १ वर्ष उमेर समुहमा ३८ प्रतिशत २ वर्ष उमेर समुहमा ४७ प्रतिशत ३ वर्ष उमेर समुहमा १३ प्रतिशत ४ देखि ५ वर्ष उमेर समुहमा ३ प्रतिशत कुपोषणका घटनाहरु भएको र सबै भन्दा बढि १ देखि ३ वर्ष उमेर समुहका बालबालिकाहरुमा कुपोषण भएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याँकमा उल्लेख छ ।
यसैबीच जिल्ला स्थित उच्च तहका अधिकारीहरुले बहुक्षेत्रीय पोषण कार्यक्रमका साथै परिबेश नेपाल कार्यक्रमको आर्थिक सहोगमा घरेलु तथा साना उद्योग कार्यालय अन्तरगत त्रिपुरासुन्दरी नगरपालिकाको वार्ड ७ र ८ पहाडामा संचालित उद्यमशिलता बिकास कार्यक्रमका समुहहरुसंग भेटघाट गरेर कार्यक्रमको प्रभावकारित र कार्यान्वयनको अवस्था र जिल्लाको दोश्रो मसिनेचौर बिमानस्थलको अवस्था र कामको प्रगतिका साथै निमार्णधिन टरमिनल भवनको समेत अनुगमन गरेका थिए ।










