अखिल नेपाल बैदेशिक रोजगार पिडित तथा परामर्श संघको स्मारिका बिमोचन(फोटो फिचर)

काठमाडौँ -अखिल नेपाल बैदेशिक रोजगार पिडित परामर्श संघले आज स्थापनाको १० औं स्मारिका बिमोचन गरेको छ ।
बैदेशिक रोजगारका लागि बिभिन्न देशमा गई ठगिएका पिडितहरुको उद्दार र बैदेशिक रोजगारमा जानेहरुकोप लागी बिगत १० बर्ष देखि काम गर्दै आएको अखिल नेपाल बैदेशिक रोजगार पिडित तथा परामर्श संघले सोमबार एक कार्यक्रमका बिच १० औं स्मारिका बिमोचन कार्यक्रम गरेको छ।
परामर्श संघको कार्यालय पेप्सिखोलामा आयोजना गरिएको कार्यक्रममा परामर्श संघका महासचिब पर्बत राज निरौलाको उदघोषण , अध्यक्ष्य दिपक कुमार रावत को सभापतित्व,अतिथिहरुमा दोलखा जिल्लाबाट निर्बाचित प्रदेश न ३ का प्रदेश सभा सदस्य पशुपति चौलागाई,समाजसेवी आङकामी शेर्पा ,किशोर सुनुवार ,दावा तामाङ , नबिन खडका र सस्थाका पधाधिकारीहरुको उपस्थीतीमा बिमोचन कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रममा बोल्दै परामर्श संघका अध्यक्ष्य दिपक कुमार रावतले आफ्नो परामर्श संघले बिगत दश बर्ष देखि बिदेशमा बेचिएका,अलपत्र परेकाहरुको उद्दारमा लागेर काम गर्दै आएको बताए ।साथै बिमोचन गरिएको स्मारिकामा पनि बिशेष गरी प्रबाश क्षेत्रका बिषयलाई समेटिएको स्पष्ट पारे ,साथै सोहि बिमोचन कार्यक्रममा आफ्नो भनाइ राख्दै समाजसेवी आङ कामि शेर्पाले पनि बैदेशिक रोजगारको क्रममा धेरै जस्तो नेपाली चेली हरुले दुख पाउने गरेको र उद्दारको लागि यस्तै संघ सस्थाको निकै खाचो रहेको बताए र आफु र आफ्नो समुहले पनि संगै सहकार्य गरेर पिडित प्रबाशिहरुको हितमा काम गर्ने बताए ।














