स्थानीय सरकारको बजेटमा प्रदेश र संघिय सरकारकै भर

जाजरकोट ः जिल्लाको शिवालय गाँउपालिकाले आगामी आर्थिक बर्ष ०७५÷७६ का लागी २४ करोड २३ लाख ६८ हजार रुपैयाको बजेट सार्वजनिक गरेको छ । बजेटको १० लाख रुपैया मात्र गाँउपालिकाको आन्तरिक राजश्वले ब्यहोर्ने छ । आन्तरिक आय कुल बजेटको एक प्रतिशत भन्दा कम हो । कानुन बनाउने देखि लागु गर्ने सम्म अधिकार पाएका स्थानिय तहले बजेटमा भने केन्द्र तथा प्रदेश सरकारको मुख ताक्नु पर्ने अवस्था आएको छ ।
शिवालयले उक्त बजेट मध्य संघिय सरकारबाट वित्तिय सामानिकरण अन्र्तगत ६ करोड ४२ लाख, राजश्व बाडफाँडमा ५ करोड २९ लाख ९४ हजार र ससर्त अनुदान ११ करोड २० लाख रुपैया प्राप्त हुने उल्लेख गरेको छ । त्यःतै प्रदेश सरकारबाट वित्तिय समानिकरण अन्र्तगत ४९ लाख २२ हजार र राजश्व बाँडफाँडबाट २ लाख १० हजार रुपैया, चालु बर्षको बाँकी ७० लाख र गाँउपालिकाको आन्तरिक राजश्व संकलन १० लाख हुने लक्ष्य लिएको छ । गाँउपालिका भित्र राजश्व संकलनका स्रोत नहुँदा कम राजश्व संकलनको लक्ष्य राखिएको हो । चालु आर्थिक बर्षको हाल सम्मको यथार्थ राजश्व संकलन ८ लाख ५० हजार रहेको गाँउपालिका अध्यक्ष नरेन्द्र शाहीले बताउनुभयो । बजेटको ठुलो हिःसा तलब भत्तामा सकिनेछ । तलबभत्ता तर्फ अर्थात चालु खर्चमा १५ करोड ५८ लाख रुपैया र पुँजीगत अर्थात कार्यक्रम बजेट खर्च ८ करोड ६५ लाख ६४ हजार रुपैया विनियोजन गरिएको छ ।
बारेकोट गाँउपालिकाले आगामी आर्थिक बर्ष ०७५÷७६ का लागी कुल २७ करोड ३० लाख ८६ हजार रुपैयाको बजेट हालै सार्वजनिक गरेको छ । बारेकोटले संघिय सरकारबाट प्राप्त ससर्त तथा निशर्त अनुदान, रावश्व बाँडफाडबाट प्राप्त अनुदान र प्रदेश सरकारबाट प्राप्त अनुदानलाई नै बजेटको मुख्य आम्दानीको स्रोत मानेको छ । गाँउपालिकाको आफ्नै आन्तरिक राजश्व संकलन भने जम्मा १५ लाख रुपैया हुने अनुमान गरिएको छ । चालु आर्थिक बर्षको हाल सम्मको यथार्थ राजश्व संकलन करीव ९ लाख रुपैया रहेकोले सोही आधारमा आगामी बर्ष १५ लाख सम्म राजश्व संकलन गर्न सकिने लक्ष्य लिएको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताउनुभयो । उनले राजश्व संकलन न्युन हुँदा जनताका अपेक्षा पुरा गर्न गाह्रो भएको बताउनुभयो । ‘आन्तरिक राजश्व संकलन एकदमै न्युन हुँदा केन्द्र र प्रदेश सरकारको मुख ताक्नु पर्ने अवःथा छ । केन्द्रबाट पठाएको सिमित बजेटले पुर्वाधार विकास देखि नागरिकका दैनिक आवश्यकता परिपुर्तीमा निकै समःया देखियो’उहाँले भन्नुभयो ।
कुशे गाँउपालिकाले आगामी आर्थिक बर्षको ३२ करोड ९९ लाख २७ हजारको बजेट सार्वजनिक गरेको छ । आन्तरिक राजश्व ५० लाख रुपैया संकलन गर्ने लक्ष्य लिईएको छ । जवकी चालु आर्थिक बर्षको हाल सम्मको यथार्थ राजश्व संकलन करीव १२ लाख रुपैया मात्र छ । त्यस्तै जुनीचाँदे गाँउपालिकाले आगामी आर्थिक बर्षमा करीव २८ करोडको बजेट सार्वजनिक गरेको छ । आन्तरिक राजश्व ३० लाख संकलन गर्ने लक्ष्य लिएको छ । चालु आवमा १५ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको गाँउपालिकाले हाल सम्म १२ लाख रुपैयमा मात्र संकलन गरेको गाँउपालिका अध्यक्ष कृष्णबहादुर केसीले जानकारी दिएका छन् । उहाँले गाँउमा राजश्व संकलन गर्ने आधार नै नभएको गुनासो गरे । तीन ओटा नगरपालिका रहेको जाजरकोटमा ४२ करोडको बजेट भएको भेरी नगरपालिकाले एक करोडकोे आन्तरिक राजश्व संकलनको लक्ष्य लिएको छ भने ४२ करोड ६५ लाख बजेट रहेको छेडागाड र करीव ४० करोड बजेट रहेको नलगाड नगरपालिकाले ५०÷५० लाख रुपैया राजश्व संकलनको लक्ष्य राखेका छन् । आन्तरिक राजश्व संकलन कुल बजेटको ज्यादै न्युन संकलन हो ।
जिल्लाका तीन नगरपालिका र चार गाँउपालिकाकोे गरी कुल दुई अर्व ३० करोडको बजेट आगामी आर्थिक बर्षका लागी प्रस्तावित गरिएको छ । त्यसमध्य करीव तीन करोड रुपैया राजश्व संकलन गर्ने लक्ष्य लिईएको छ । गाँउ तथा नगरपालिकाको आन्तरिक राजश्व संकलन निकै न्युन मात्रामा हुने र संघिय तथा प्रदेश सरकारबाट प्राप्त सिमित बजेटले पुर्वाधार विकास देखि सामाजिक सुधारका कार्यमा बजेट विनियोजन गरेर सवै नागरिकको चित्त बुझाउने तथा समृद्ध गाँउ तथा नगर बनाउने कुरा निकै चुनौतिपुर्ण रहेको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताउनुभयो । उहाँले आन्तरिक राजश्व संकलन कम हुने गाँउ तथा नगरलाई अनुदानमा विशेष प्राथमिकता दिनु पर्ने बताउनुभयो ।










