दरवन्दी अनुसारका कर्मचारी नहुँदा वैँकमा सेवा प्रवाह ढिलो

जाजरकोट,  चालु आर्थिक वर्षको अन्त्य हुन एक साता बाँकी रहँदा तलबभत्ता, योजनाको रकमलगायत भुक्तानी लिन सदरमुकाम खलंगामा सेवाग्राहीको भीड लागेको छ ।
बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर घर्तीले कामको बोझले खाना र खाजा खाने फुर्सदसमेत नभएको बताए ।

सात स्थानीय तहका ६ हजार उपभोक्ता, एक हजार पाँच सय शिक्षक, चार सय कर्मचारी र अन्य व्यवसायी रकम भुक्तानीका लागि खलंगा आएका छन्  । सम्बन्धित गाउँ र नगरको प्रशासनिक केन्द्रमा बैंक स्थापना नहुँदा सेवाग्राहीलाई रकम भुक्तानी लिन खलंगा धाउनुपर्ने बाध्यता भएको छ ।

त्यस्तै केन्द्रमा विद्युत, टेलिफोन, इन्टरनेट, पूर्वाधारलगायत सुविधा नहुँदा स्थानीयलाई सरकारी सेवा पाउन थप समःया भएको हो । सरकारी चेकको भुक्तानी दिने खलंगामा एकमात्र नेपाल बैंक लिमिटेड हुँदा उपभोक्ता, शिक्षक र कर्मचारीलाई योजना तथा तलबभत्ताको रकम भुक्तानी लिन साःती भएको छ ।
दुई सातादेखि उक्त बैंकमा कारोबार गर्न सेवाग्राहीको भीड लागेको छ । ‘दुई दिनसम्म लाइनमा बसेर पनि रकम भुक्तानी पाउन सकेको छैन,’ बारेकोट गाउँपालिका–८ का हरीवहादुर खत्रीले भन्नुभयो, ‘रकम भुक्तानीका लागि सयौं सेवाग्राही लाइनमा बसेका भए पनि पालो पाउन मुस्किल छ ।’
जिल्लामा सरकारी कारोबार गर्ने अन्य बैंक नहुँदा र भएको एउटा बैंकमा पनि जनशक्ति अभावका कारण सेवाग्राहीलाई सेवा पाउन सास्ती भएको प्रबन्धक राजीव कार्कीले बताउनुभयो । एउटै कर्मचारीले धेरै प्रकारका काम गर्नुपर्ने बाध्यताले सेवाग्राहीलाई सेवा पाउन ढिलाइ भएको उहाँको भनाइ छ ।




सम्बन्धित समाचार


error: Content is protected !!