चन्दा माग्न हिडेका विप्लव कार्यक्रता सँु पानीबाट पक्राउ

रुपलाल बोहोरा
डोल्पा , चन्दा उठाउनका लागि ठेली सहित विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी का एक कार्यकर्ता पक्राउ परेका छन ।
आज विहान त्रिपुरासुन्दरी नगरपालीका को सु पानीबाट मुड्केचुला गाउपालीका वडा न २ का १९ बर्षिया सुर्य बम ठकुरी पक्राउ परेका हुन । चन्दा संकलन गर्न का लागि जुफाल जाँदै गर्दा सु पानीमा नेपाल प्रहरीले पक्राउ गरी अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय डोल्पा मा ल्याएको प्रहरी नायब उपरिक्षक हरि प्रसाद शर्मा ले जानाकारी दिएका छन् ।
ठेली भने एक पनि नकाटिएको र यसरी अबैध रुपमा चन्दा संकलन गर्न नमिल्ल्ने भन्दै प्रहरी ले नियन्त्रणमा लिएको पनि शर्मा ले बताए ।








