सितालाई जनार्दनले भने ‘नेपालमा अर्को जनयुद्ध सम्भव छैन’

काठमाडौं,
सेलेब्रिटीको प्रश्न,सेलेब्रिटीकै उत्तर

सीता सशस्त्र विद्रोह, क्रान्ति वा जनयुद्ध जे भन्नुहोस्, यसलाई उच्चारण गर्न तपाईंहरूसँग आ–आफ्नै शब्द होलान् । खैर, त्यो समयदेखि आजको दिनसम्म आइपुग्दा कुनै वेला हिंसात्मक विद्रोह गरिएछ, त्यो गलत थियो भनेर आत्मग्लानि भयो ?

जनार्दन , मुख्य कुरा त जनयुद्ध कसका विरुद्ध थियो भन्ने कुरा बुझ्नुपर्छ । त्यो निरंकुश राजतन्त्र र सामन्तवादका विरुद्ध थियो । राजतन्त्र, जसले वर्षौंदेखि नेपाली जनतालाई अत्याचार गरेको थियो । जसको अन्त्य गर्दै हामी संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छौँ । अब समृद्धिका कुरा आएका छन् । हो, हिजो जनयुद्धकालमा केही त्रुटिपूर्ण घटना पनि भएका थिए । त्यो हामीले पनि समीक्षा गरेका छौँ । तर, समग्र जनयुद्धलाई हेर्ने हो भने त्यसका सकारात्मक पाटा धेरै छन् ।

 

सीता सत्ता बन्दुकको नालबाट निस्कन्छ भनेर सशस्त्र विद्रोह गर्नुभएका तपाईंले पटक­–पटक मन्त्री बन्ने अवसर पाउनुभयो । फर्केर हेर्दा जनतालाई बाँडेका आश्वासनमध्ये आफूले कति पूरा गरेँ भन्ने लाग्छ

 

जनार्दन  म तीनपटक मन्त्री हुँदा जम्मा २० महिनाको समय मात्र व्यतित गर्न पाएँ । जनताका यति धेरै अपेक्षा छन् । ती जम्मा २० महिनामा पूरा गर्न सकिने अवस्था थिएन । तैपनि, छोटो समयमा भए पनि भ्रष्टाचारविरुद्ध लडेको छु । ऊर्जामन्त्री हुँदा लोडसेडिङ हटाउँदै नेपाल उज्यालो बनाउन सफल भएँ । गृहमन्त्रीको जिम्मेवारी पाउँदा प्रहरी संगठनभित्रका अनियमितता रोकेको छु । त्यस्तै, शान्ति–प्रक्रियामा पनि भूमिका खेलेको छु ।

सीता  तत्कालीन नेकपा ९माओवादी०सँग सम्बद्ध कैयौँ नेता–कार्यकर्ता तपाईंहरूको परिवर्तित विचारसँग सहमत छैनन् । उनीहरू फेरि पनि विद्रोहको धम्की दिँदै छन् । के उनीहरूले भनेजस्तोे नेपालमा फेरि अर्को युद्ध सम्भव छ ?

जनार्दन सम्भव छैन । त्यसैले, कुरा बुझाउन उहाँहरूसँग निरन्तर सम्पर्क र वार्ता जारी राखेका छौँ । अहिले नयाँ संविधान बनिसकेको छ । यही संविधानलाई विकसित गर्दै लान उहाँहरूसँग छलफल गर्छौं ।

सीता तपाईंले कांग्रेस र कम्युनिस्ट दुवै नेतृत्वको मन्त्रिपरिषद्मा बसेर काम गर्नुभयो । कुन प्रधानमन्त्रीलाई बढी निडर र समन्वयकारी पाउनुभयो ?

जनार्दन स् मैले जम्माजम्मी दुईजना प्रधानमन्त्रीसँग काम गर्ने अवसर पाएँ । दुईपटक मेरै अध्यक्ष प्रचण्ड र अर्कोपटक शेरबहादुर देउवासँग । मेरो अध्यक्षसँग मेरो लामो सहयात्रा छ । उहाँसँग काम गर्न सजिलो हुने कुरा त स्पष्ट नै छ । यसका साथै, देउवाजीसँग पनि मैले राम्रो समन्वयका साथ काम गरेको छु ।

सीता , एमालेसँग मिल्दा पार्टीको निर्देशक सिद्धान्तबाट माओवाद गायब भयो या माओवादी एमालेमा बिलीन भयो भन्दा अत्युक्ति नहोला होइन रु
जनार्दन , यदि तपाईं सैद्धान्तिक कुरा बुझ्नुहुन्छ भने हाम्रो राजनीतिक प्रतिवेदन अस्ति प्रकाशित भएको छ । दुई पार्टीको समानस्तरबाट हामीले एकता गरेका छौँ । सिद्धान्त, कार्यदिशा त्यहीअनुसारले संश्लेषण गरेका छौँ । संगठन पनि त्यही ढंगले निर्माण गरेका छौँ । हामीले नेकपा निर्माण गरेका छौँ । फेरि, पनि तपाईंलाई सम्झाउन चाहन्छु, यो नयाँ पार्टी हो । नयाँ आधारमा नयाँ एकता गरेका हौँ । यदि, तपाईंले माओवादी एमालेमा बिलय भएको अझै देख्नुहुन्छ भने त्यो दृष्टिदोष मात्र हो ।

सीता , तपाईंले आफ्नो जिल्ला ९रुकुम०का हेमन्तप्रकाश वली, लोकेन्द्र विष्ट मगरलगायत नेतालाई निषेध गर्नुभयो भन्ने छ नि ?

जनार्दन स् उहाँहरूले पार्टी आन्दोलनमा चित्त नबुझेर आफ्नै कारणले पार्टी छाड्नुभएको हो । मेरो र जिल्लाका कारणले होइन । लोकेन्द्रजीलाई मन्त्री बनाउन त मैले नै सहयोग गरेको थिएँ । अहिले पनि हामी साथी छौँ । सहकार्य जारी छ ।

सीता , कुनै वेला संसद्मा बल प्रयोग गर्नुभयो । त्यसमा तपाईं अग्रमोर्चामा हुनुहुन्थ्यो । तपाईंलाई हामीले बौद्धिक नेता मान्ने कि बाहुबली ?

जनार्दन , हामीले बल प्रयोग गरेका होइनौँ । संसद्मा आवाज उठाउन पाउने अधिकारस्वरूप त्यो कदम लिएका थियौँ । हाम्रो सहमतिविना नै उहाँहरूले संविधान निर्माणको प्रक्रिया अगाडि बढाउन खोजेको हुनाले त्यसलाई रोक्ने क्रममा त्यस्तो भएको हो । उहाँहरूले जनताको अधिकार कुण्ठित हुने गरी जबर्जस्ती संविधान पारित गराउन खोज्नुभएको थियो, त्यसैले बल प्रयोग त उहाँहरूले गर्नुभएको थियो । जनताको अधिकार कुण्ठित हुन नदिनु नै हाम्रो बुद्धिमता थियो । र, त्यो पारित गर्नु मूर्खता ।





error: Content is protected !!