महिनावारीमा हुने गल्ती

महिनावारीको समय सकेसम्म शारीरिक सम्बन्ध राख्नुहुँदैन । यसले महिलामा असर पर्न सक्छ ।
महिनावारीका वेला खानामा पनि विशेष ख्याल राख्न जरुरी हुन्छ । यस्तो समय भुलेर पनि केमिकलयुक्त खानाको प्रयोग गर्नुहुँदैन ।
यस्तो अवस्थामा हाइजेनिक रहन आवश्यक हुन्छ । त्यसैले पोषिलो खाद्य पदार्थको प्रयोग बढाउनुपर्छ ।
महिनावारी हुँदा स्वास्थ्यलाई पूर्ण निद्राको आवश्यकता हुन्छ । यस्तो वेला कहिल्यै पनि अनिद्रा बस्ने
गल्ती गर्नुहुँदैन ।
यस्तो अवस्थामा हेभी वर्क पनि गर्नुहुँदैन । हेभी वर्क गर्दा अल्पकालीन तथा दीर्घकालीन समस्याको
सिकार हुनुपर्छ ।








