आज म पहिलो पटक महिनावारी भए-यमुना

पहिलोपटक आज म महिनावारी भए
जब भए तब म खुशीले आभारी भए
हिजो सम्म के हो? र के हो? शंका थ्यो
अब मन ढुक्क भो,शरीर पूरा नारी भो।
अहिलेसम्म महिनावारी नहुँदा गाउँमा
लाज पचाई छक्का भने कचहरी भो
तर आज मलाई छुई भो,पर सरी भो
कपाल नुहाउने भो,हो महिनावारी भो।
सोच्थे कस्तो होला अनुभव गर्न पाँउ
बन्द आकाशबाट रक्ताम्य रातो झरी भो
हिजो सम्म छि छि र घृणाको पात्र थे
आज अचानक मेरो जीवन स्वर्ग कि परी भो।
महिनावारी शुरू भो आनन्द पाउने भए
असल बीउ हुर्काउन फलाउन सक्ने भए
उब्जाउने कोख अब खेती योग्य गरा भो
रगत बगी शितल छहरा,जीवन हराभरा भो
म निकै खुशी छु आज म महिनावारी भए
तर क्षणमा खुशीलाई दुस्खको तस्करी भो
सुत्ने मैरो छोडी मेरो छाउ गोठमा सवारी भो
मान्छे भएर पनि मलाई ब्यवहार कुकुरसरी भो
पहिलोपटक आज म महिनावारी भए
जब भए तब म खुशीले आभारी भए
हिजो सम्म के होरुके होरु शंका थ्यो
अब मन ढुक्क भो,शरीर पूरा नारी भो।
अहिलेसम्म महिनावारी नहुँदा गाउँमा
लाज पचाई छक्का भने कचहरी भो
तर आज मलाई छुई भो,पर सरी भो
कपाल नुहाउने भो,हो महिनावारी भो
सोच्थे कस्तो होला अनुभव गर्न पाँउ
बन्द आकाशबाट रक्ताम्य रातो झरी भो
हिजोसम्म छिस्छि दुरदुर घृर्णाको पात्र थे
आज अचानक मेरो जीवन स्वर्ग कि परी भो।
महिनावारी शुरू भो आनन्द पाउने भए
असल बीउ हुर्काउन फलाउन सक्ने भए
उब्जाउने कोख अब खेतीयोग्य गरा भो
रगत बगी शितल छहरा,जीवन हराभरा भो।
म निकै खुशी छु आज म महिनावारी भए
तर क्षणमा खुशीलाई दुस्खको तस्करी भो
सुत्ने मैरो छोडी मेरो छाउ गोठमा सवारी भो
मान्छे भएर पनि मलाई ब्यवहार कुकुरसरी भो।
यमुना ददेल
मुसीकाेट ,नगरपालिका -१३ कर्णाली प्रदेश,पश्चिम रूकुम










