कर्णाली प्रदेशलाई चीन र भारतसंग जोडने सडकको मुख्यमन्त्री शाही द्धारा शिलान्यास

सुर्खेत , जमुनाहा—कोहलपुर—दैलेख—मुगु—नाग्चे नाग्ला त्रि—देशिय राष्ट्रिय गौरवको सडक अन्र्तगत दैलेख खण्डको आज कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शिलान्यास गर्नु भएको छ ।
दैलेखकाको माथिल्लो डुङ्गेश्वर देखी दुल्लु सडक खण्डको मुख्यमन्त्री शाहीले शिलान्यास गर्नु भएको हो ।
कर्णाली सरकारले पहिलो विनियोजन विद्येयकमा महत्वका साथ प्रस्तुत गरेको यो योजना कर्णाली प्रदेशकै पहिलो त्रिदेशिय सडक सञ्जाल भएकोे योजना हो । बाँकेको जमुनाह—कोहलपुर—दैलेख—मुगुको उत्तरी नाग्चेनाग्ला चीनको सिमासम्म जोड्ने गरी यो सडक निर्मााण गर्ने प्रदेश सरकारले योजना अघि सारेको छ ।
यो योजनालाई राष्ट्रिय गौरवको योजनाको रुपमा अगाडी बढाउनको लागि प्रदेश सरकारले केन्द्र सरकारलाई आग्रह पनि गरिसकेको छ ।
चालु आर्थिक बर्षमा ३ करोड ३५ लाख १६ हजार बजेट प्रदेश सरकारले विनियोजन गरेको छ । ‘केएसके’ निर्माण कम्पनीले यो सडकको निर्माणको जिम्मा पाएको छ ।
प्रदेश सरकारको यो सडक योजना पूर्णरुपमा निर्माण भएमा कर्णाली प्रदेश चीन र भारतसंग सजिलै जोडिने छ ।










