बिर्सने बानी खतरनाक

दैनिक जीवनयापनका क्रममा कुनै कुरा बिर्सनु मानवीय स्वभाव नै हो । तर, यस्तो समस्या बढ्दै गएमा भने जटिल परिणाम निम्तिन सक्छ । यो मस्तिष्कसँग जोडिएको प्रश्न पनि हो । बिर्सने बानीलाई उमेरले पनि निर्धारण गर्छ । उमेर ग्राफसँगै स्मरणशक्ति पनि कमजोर हुँदै जान्छ । तर, असामान्य तरिकाले बिर्सन थालेको अवस्था नसा तथा मानसिक रोग पनि हो । यस्ता छन् दीर्घकालीन असर

बिर्सने बानीलाई सामान्य रूपमा लिएमा यसले ठूलो दुर्घटना निम्त्याउन सक्छ । स–साना कुरा बिर्सने अवस्थाले जटिल रूप लिएर बोल्न, वस्तुको पहिचान गर्नसमेत नसक्ने समस्या हुने गर्छ ।

बिर्सने समस्या बढ्दै गएमा जथाभावी रूपमा दिसा–पिसाब गर्ने, घरपरिवार, साथीभाइ, आफन्त नचिन्ने अवस्था निम्तिन्छ । कतिसम्म भने कुनै ठाउँमा हिँडेको मान्छे बीच बाटोमै कहाँ जाँदै छु भन्ने कुरा बिर्सन थाल्छ ।

यस्तो समस्या भएको मानिस दैनिकी सञ्चालन गर्नसमेत अरूप्रति निर्भर हुनुपर्छ । यस्ता विषयले परिवारलाई नै प्रभावित पार्छ ।

जति दिन बित्यो त्यति नै समस्याले जटिल रूप लिन थाल्छ । यस्तो समस्या भएका मानिस एक्लै रुने, बर्बराउने, विनाकारण रिसाउने, शंका गर्ने, निद्रा नपर्ने, छिनमै हाँस्ने र छिनमै रुने गर्छन् । त्यस्तै, यस्तो समस्याले मानिसको व्यवहारमै परिवर्तन आउन थाल्छ ।

यस्तो समस्या समयमै पहिचान गर्न सकेमा भने उपचार सम्भव छ ।




सम्बन्धित समाचार


error: Content is protected !!