काम नगर्ने निर्माण व्यवसायी पक्राउ, पूर्वसांसद पनि कानुनी दायरामा

गणेश खनाल

अर्घाखाँची , काम नगर्ने निर्माण व्यवसायीका प्रतिनिधिलाई प्रहरीले प्रक्राउ गरेको छ। विटी जयबाबा जेभी स्वयम्भू, काठमाडौं ठेकेदार श्याम श्रेष्ठका प्रमुख प्रतिनिधि विवेक पौडेललाई आइतवार सन्धिखर्कबाट प्रहरी प्रक्राउ गरेको हो।

सम्झौता भएको चार वर्ष बितिसक्दा पनि काममा प्रगति नभएको भन्दै प्रक्राउ गरेको जनाइएको छ। जिल्लामा सञ्चालन भएका योजनाको प्रगतिका विषयमा आइतवार जिल्ला प्रशासनको आयोजनमा भएको कार्यक्रममा उपस्थिती भएका पौडेललाई मुख्य ठेकेदार नआएसम्मका लागि हिरासतमा राखिएको प्रहरी निरीक्षक प्रदीप डिसीले बताए। २०७१ पुस २४ गते सम्झौता गरी हालसम्म पनि काममा प्रगति नभएको भन्दै ठेकेदार श्रेष्ठ जिल्लामा नआएसम्म नछाड्ने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानाकारी दिए। ठेकेदार श्रेष्ठले पटक–पटक काम गर्ने प्रतिवद्धता जाहेर गर्ने तर काम नगर्ने गरेको भुसालको भनाइ छ। सालझन्डी ढोरपाटन सडक अन्तगर्त पाल्पाको कञ्चनदेखि अर्घाखाँचीको ढुडग्रीसम्म १७ किलोमिटरमा हालसम्म २४ प्रतिसत मात्र काम भएको छ।

सो योजनाका कारण बहुप्रतिष्ठित सडकनै अवरुद्ध भएको छ। प्रदेशसभा सदस्य चेतनारायण आचार्यले जनताको बजेटमा काम नगर्ने अन्य ठेकेदारलाई पनि प्रक्राउ गरी आवश्यक कारवाही गर्न जिल्ला प्रशासनलाई आग्रह गरेका थिए। काम नगर्ने ठेकदारलाई कालो सूचीमा राख्न र म्याद थप गरी रहने कर्मचारीलाई कारवाही गर्न पनि प्रमुख जिल्ला अधिकारी भुसाललाई निर्देशन दिएका छन्। एसएसी डिआरपी ३३७१२०४र०७१र०७२–००७ नम्वरका ठेक्का अन्तगर्त चार करोड ९३ लाँख ९६ हजार ८५० रुपैयाँमा लिएको टेण्डरबाट हालसम्म एक करोड २२ लाख ८८ हजार ८०१ रुपैयाँ भुक्तानी भएको सालझन्डी ढोरपाटनका इन्जिनियर अशोक पौडेलले जानाकारी दिए। पटक–पटक ठेकदार सम्पर्क गरी काम गर्न भने पनि आलटाल गरेको पौडेलको भनाइ छ।

यस्तै, पटौटी अड्गुरी तम्घास सडक अन्तगर्तको एसएसी डिआरपी ३३७१३५४१०७२र०७२र०७३ –०२१ को ठेक्कामा पनि सन्तोष जनक काम नभएको भन्दै लिखित जवाफ पेश गर्न ठेकेदार जर्नादन ढकाललाई निर्देशन दिइएको प्रजिअ भुसालको भनाई छ। ढकालले रसुवाका पूर्वसांसद हुन्। २०७३ असार ३० मा सम्झौता भए पनि हालसम्म ४९ प्रतिशत मात्र काम भएको छ। म्याद थप भई २०७५र४र१५ काम सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ। अन्य केही निर्माण व्यवसायीलाई सचेत गराइएको सहयाक प्रमुख जिल्ला अधिकारी भुसालले जानाकारी दिए।





error: Content is protected !!