डोल्पामा धान रोपाई शुरु !

त्रिपुराकोट(डोल्पा) ६ जेठ
हिमाली जिल्ला डोल्पामा धान रोपाई शुरु भएको छ ।मानो रोपेर मुरी फलाउने सिजनको रुपमा चिनिने धान रोपाई डोल्पाका त्रिपुराकोट,जुफाल, गल्ली, खदाङ, लिकु, दुनै, रल्ली लगाएतका बीतीहरुमा गरिँदै आएको छ ।
जिल्लाको अधिकाशं भुगोल भिरालो सिँचाई सुविधा विहिन भएकाले कोदो,फापर,चिनो,मकै लगाएतका अन्नबाली मात्र लगाउने गरिन्छ । धान रोपाई सिमित क्षेत्रमा मात्रै गर्ने गरिन्छ ।
बहुमुल्य जडिबुटी यार्सागुम्बाको चटारोसँगै डोल्पाली कृषहरुलाई धान रोपाईको चटारो पनि बडेको हो ।धान रोपाईको सिजन शुरुभएसँगै डोल्पाका फाँटीला ज्युलाहरु खेतालाहरुले भरिभराउ भएकाछन् ।
परम्परागत बालीको रुपमा चिनिने धान रोप्न धेरै खर्चिलो हुने कृषहरु बताउँछन् ।यार्सागुम्बा सिजन चलिरहेको बेला धान रोपाई शुरुहुने भएकाले खेतालाहरु नपाएर समस्याहुने त्रिपुरा सुन्दरी नगरपालिका १ का नैनानन्द देबकोटाले बताउनुभयो ।यस समयमा मान्छेहरु सबै यार्सागुम्बा टिप्न यार्सा पाटन जाने भएकाले पनि कामगर्ने मान्छे पाउन समस्याहुने गरेको उहाँको भनाई छ ।
जेठ देखि असारसम्मको समयमा सबै यार्सापाटनतिरै आम्दानीगर्न जाने भएकाले एक जना मान्छेलाई काममा लगाउन सातसय देखि एक हजारसम्म ज्याला तिर्नुपर्ने देबकोटाले बताउनुभयो ।
डोल्पामा रातो,औँलेमार्सी,कालीमार्सी लगाएतका प्रजातिको धान रोपिने गर्दछ ।डोल्पामा यसरी फलाईएको धानको चामलको बिक्रिगर्दा पनि राम्रो मुल्य पाईने कृषहरुले बताए ।
प्रतिष्ठित ब्यक्तिहरुको रोजाईमा पर्ने भएकाले कालीमार्सी र रातो धानको चामल नेपालगञ्ज,काठमान्डौमा,सुर्खेत समेत मागहुने धानको राजधानीको रुपमा चिनिने स्थानीय कृषकहरुले बताए ।
प्रति किलो तिनसयसम्म पर्ने रातो र कालीमार्सी धानको चामल अतिथि सत्कार र आफन्तहरुलाई दिईने नासोको रुममा समेत प्रयोगगर्ने गरिन्छ ।
साख जोगाउन रोपाई
डोल्पामा धान रोपाई बाध्यताले र पुरानो बाबु बाजेको साख जोगाउन गरिने गर्दछ ।
मकै,कोदो,चिनो लगाएतका अन्नबाली उत्पादनकालागि उपयुक्त खेतबारीमा पनि जवरजस्ती धान रोप्ने चलन छ ।
बाबु बाजेले धान रोपाई गर्दै आएको खेतमा अन्य बाली लगाएतमा गाँउलेले कुरा काट्ने भन्दै भ्याई नभ्याई पैसा खर्च गरेर पनि धान रोप्ने गरिएको त्रिपुरा सुन्दरी नगरपालिका १ का स्थानीय कृषक रत्नालक्ष्मी न्यौपानेले बताउनुभयो ।
अन्य बाली रोप्न भन्दा धान रोपाई साह्रै खर्चिलोहुने गरेको न्यौपानेले बताउनुभयो ।धान रोपेदेखि पाकुन्जेलसम्म धेरै खेताला लाग्ने र अन्य बालीको लगाउन भन्दा धान रोपाईमा धेरै दुखहुने गरेको उहाँको भनाई छ ।
डोल्पाका अधिकासं भुगोलमा बलौटे र पत्थरीलो माटोयुक्त भएकाले धान उत्पादन राम्रो नहुने स्थानीय बताउँछन् ।
डोल्पाको माटो स्याउ,ओखर,आरु,कागती लगाएतको फलफुल उत्पादनकालागि उपयुक्त भएको कृषि सम्बन्धी कामगर्दै आएका संघ संस्थाहरु बताउँछन् ।
डोल्पामा जेठमा रोपिएको धान असोज महिनामा भित्रयाउने गरिन्छ ।
धान रोपाईको अवसरमा बाजागाजा सहित रोपार्नीहरुले चुट्कीला मागलहरु गाँउदै एक आपसमा हिलो छ्यापाछ्याप गरेर रमाईलाृे गर्ने चलन रहेको छ ।
रामचन्द्र न्यौपाने










