खानेपानी आयोजना निमार्णपछि स्थानीयलाई राहत

जाजरकोट ः जाजरकोटको नलगाड नगरपालिका–११ बानियाँ गाउँ र दम्कागाउँमा खानेपानी आयोजना निर्माणपछि स्थानीयले ठूलो राहत पाएका छन् । आयोजना निर्माणसंगै महिलालाई पानी ल्याउन १ घण्टा टाढा जानुपर्ने बाध्यता अन्त्य भएको छ । यसले समयको बचत भएको छ भने स्थानीयले शुद्ध पानी पाएका छन् ।
जाजरकोटको नलगाड नगरपालिका–११ बानियाँगाउँ र दम्कागाउँमा चौबिसै घण्टा खानेपानीको सुविधा उपलब्ध भएपछि लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयबासीलाई राहत भएको छ ।
बाँनीयाँगाउँमा नलगाड नगरपालिकाको १७ लाख आर्थिक लागत र स्थानीयको ३ लाख श्रमदानबाट खानेपानी आयोजना निर्माण भएको छ । २४ सै घण्टा धारामा शुद्ध खानेपानीको सुविधा उपलब्ध भएपछि स्थानीय पनि हर्षित छन् । शुद्ध पानीको अभावमा बर्षौ देखि कुवा, खोला र खोल्साको पानी खाँदा स्थानीयहरु झाडापखाला लगायतका पानीजन्य रोगको प्रकोपबाट समस्या भोग्दै आएका थिए ।
खानेपानीका लागि ४५ घरधुरीलाइ पायक पर्ने गरि ९ धारा जडान गरिएका छ । नलगाड नगरपाकिाका मात्र होइन दम्का बस्तीमा पनि खानेपानीको सहज सुविधा छ । खानेपानी आयोजना निर्माणपछि दम्काबासीलाई १ गाग्री पानी ल्याउन १ घण्टा पैदल हिडेर खोलाबाट पानी ल्याउनुपर्ने बाध्यता अन्त्य भएको छ ।
आयोजना निर्माणपछि दम्काका १ सय घरपरिवार लाभान्वित भएका छन् । ३ किलोमिटर टाढाबाट पानी ल्याइएको हो । नगरपालिकाको ८ लाख आर्थिक लागत र स्थानीयको श्रमदानबाट खानेपानी निर्माण भएको हो ।




सम्बन्धित समाचार


error: Content is protected !!