हेर्नुहोस ः आङ खस्नुका कारण र लक्षण

महिलाको सानो पेटमा रहेका अंगहरू सामान्य अवस्थाबाट ठाउँ छाडेर योनिमा झर्नुलाई आङ खस्नु भनिन्छ । आङ खस्ने समस्याबाट नेपालमा पनि धेरै महिला पीडित छन् । अस्पतालमा आङ खस्ने समस्या लिएर दैनिक धेरै संख्यामा महिलाहरू पुग्ने गरेको पाइन्छ ।
कारण
सधैँजसो गह्रौँ भारी बोक्नु ।
असुरक्षित गर्भपतन गराउनु ।
वंशानुगत ।
दक्ष स्वाथ्यकर्मीद्वारा सुत्केरी नगराउनु ।
सुत्केरी हुँदा पर्याप्त पोषिलो खाना नपुग्नु ।
सानै उमेरमा विवाह गर्नुका साथै बच्चा जन्माउनु ।
लक्षण
दिसा–पिसाब गर्न अप्ठ्यारो हुनु ।
छिनछिनमा पिसाब लागिरहनु ।
हिँड्न र काम गर्न अप्ठ्यारो हुनु ।
बस्दा कठिनाइ महसुस हुनु ।
यौनसम्पर्क गर्दा कठिनाइ आउनु ।










