संसद भवनमा ईश्वरको खोजी

काठमाडौं प्रतिनिधिसभा बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ईश्वर देखाउन सरकारसँग माग गरेका छन् ।

बुधबार सरकारले पेश गरेका तीन वटा अध्यादेशलाई अस्वीकृत गर्ने प्रस्ताव पेश गरेका सुवालले संसदमा ईश्वरको खोजी गरेका हुन् ।

आजको नागरिकले दोस्रो पृष्ठमा यो समाचार छापेको छ । मुख्यतः सपथको भाषामा ुईश्वरका नाममा सपथ खानेछुु भन्ने प्रावधानप्रति आपत्ति जनाउँदै सरकारले ईश्वर खोजिदिनुपर्ने माग गरेका हुन् ।

ुजब सपथमा देश र जनताको नाममा भनिसकेपछि ईश्वरको नाममा किन खानुपर्यो, जसलाई ईश्वर छ भन्ने विश्वास छ, त्यसले यहाँ छन् भनेर देखाउनुपर्यो, नत्र त्यो प्रावधान हटाउनुपर्योु, सुवालले संसदमा भने,  सरकारले ईश्वर खोजेर ल्याइदिनु पर्यो ।





error: Content is protected !!