घरमै गएर पशुचौपायलाई उपचार

जाजरकोट, यहाँको नलगाड नगरपालिका किसानहरुले पालेका पशुचौपायलाई घरमै गएर उपचार गरिएको छ । नगरपालिकाको पशुपंक्षि विकास उपशाखाको आयोजनमा वडा ८ का करिव २ हजार ३ सय ८१ वटा पशुचौपायको उपचार गरिएको हो ।
आन्तरिक तथा वाह्य परजिवी नियन्त्रण , वन्ध्याकरण सेवा प्रदान गरिएको छ । उपचार गरेका अधिकांश पशुचौपायमा ज्वारोको समस्या देखिएको उपशाखाका प्रमुख अमृत गिरीले जानकारी दिनुभयो । चौमासिक कार्यक्रम अनुसार यो उपचार गरिएको हो । किसानहरुको मागका आधारमा पनि उपचार हुँने गरेको छ । भेडा, बाख्रा, भैसी, गोरु, गाई र कुकुरको उपचार गरिएको थियो । पशुचौपायमा यो भन्दा पहिले शिविर नभएको थप कार्यक्रम गर्न किसानहरुले माग राखेका छन् ।
दुर्गम गाउँमा थप कार्यक्रम गरि जनताको पशुचौपायमा लाग्ने रोग नियन्त्रण गर्न स्थानीयबसीले माग गरेको पशुस्वास्थ्य प्राविधिक देवीलाल ओलीले बताउनुभयो ।








