गर्भवती महिलामा चेतनाको दियो बाल्दै एक नमुना जोडी

धर्मराज जिसी सुर्खेत , आफ्नो घरगाउँ र छिमेकी वडाभित्रका गर्भवती अनि सुत्केरी महिला भएका घरघरमा पुगेर नियमित रूपमा भेटघाट तथा छलफल गरिरहेका हुन्छन्, रामबहादुर र उनकी पत्नी निर्मला विक। गर्भवती अवस्थामा महिलाले अपनाउनुपर्ने सावधानी र हुन सक्ने जोखिमका बारेमा छलफल तथा परामर्श गरिरहेका देखिन्छन् विक दम्पत्ती। उनीहरू गर्भवती महिलालाई बारम्बार सचेत गराउँछन्। गर्भवती महिलाका लागि उनीहरू यस्तो मन्त्र बाँड्दै हिँड्छन्, ‘धेरै भारी बोक्नुहुँदैन, पोषिलो खाना खानुपर्छ, पर्याप्त आराम गर्नुपर्छ, स्वास्थ्य संस्थामा नियमित रूपमा चेकजाँच गर्नुपर्छ।’ सुरुसुरुमा छरछिमेक र समाजका मानिसहरू अचम्म मान्थे, यो जोडीले के गरेको होलारु किन गर्भवती महिला चहार्दै हिँडेका होलान्रु किन धेरै जान्ने भएका होलान्रु भनेर। कसैकसैले त काम नपाएका फलानोका दुई जना किन सँंगसँगै हिँडेका होलान्, के गर्न खोजेका हुन् आदि इत्यादिसम्म पनि भन्न भ्याए। काम गर्दै जाँदा विस्तारै समाजले पनि वास्तविकता थाहा पायो। गर्भवती तथा सुत्केरी मलिाहरूलाई उनीहरूको घरदैलोमा पुगेर आवश्यक सल्लाह, सुझाव र परामर्श दिने विक दम्पत्ती अहिले नमुना जोडीका रूपमा गाउँवस्तीमा परिचित छ। यो जोडी सुर्खेतको सिम्ता गाउँपालिका( ५ वडा समुदायमा महिलाको प्रजनन् स्वास्थ्य र गर्भ अवस्थामा हुने समस्याका बारेमा चेतना फैलाउने नमुना जोडी बनेको छ। वडास्तरमा महिला संजाल निर्माण गरी यस जोडीले विगत दुई वर्षदेखि सिम्ता गाउँपालिका( ५ को आलीमा गर्भावस्था तथा सुनौला हजार दिन र आमाहरूको स्वास्थ्य तथा गुणस्तरीय पोषणयुक्त खानेकुराको बारेमा जनचेतना फैलाउँदै हिँडेको छ। दलित महिला चेतना केन्द्र ९ड्वाक० संस्थामा आबद्ध भएर यस जोडीले गाउँघरमा गर्भवती महिला र सुत्केरीहरूको समस्या र अपनाउनुपर्ने सावधानीका विषयमा जनचेतना फैलाउँदै आएको छ। ग्रामीणस्तरका कैयौँ गर्भवती महिला र परिवारका सदस्यलाई गर्भावस्थामा कस्तो खानेकुरा खुवाउनुपर्छ, स्याहार कसरी गर्नुपर्छ, के कस्ता सावधानी अपनाउनुपर्छ भन्ने कुराको जानकारी नहुँदा दीर्घकालीन रूपमा आमा र बच्चाको स्वास्थ्य नराम्रो हुने र ज्यानसमेत जाने गरेको पाइएकाले आफूहरूले यस्तो चेतना फैलाउन यस अभियानमा लागेको विक दम्पत्तीको भनाइ छ। ड्वाकमा आवद्ध भएपछि रामबहादुर र निर्मलाको जोडीले महिला, किशोरी तथा बालअधिकारको क्षेत्रमा अविच्छिन्न रूपमा पैरवी गरिरहेका छन्। सुत्केरी तथा गर्भवती महिलालाई आफ्नै घरमा सागपात तथा अन्य खाद्यवस्तु उत्पादन गरेर खानका लागि परिवारका सदस्यलाई सल्लाह सुझाव दिँदै हिँडेका छन्। लक्षित वर्ग भनेर भर्खरै विवाह गर्ने जोडीहरूलाई समेत भविष्यमा आउने चुनौतीका बारेमा समेत परामर्श दिँदै आएका छन् उनीहरू। विक दम्पत्तीले आफ्नो वडामा गर्भवती र सुत्केरी अवस्थामा आमालाई केके खान उपयुक्त हुन्छ भनेर पोषण मेलासमेत सम्पन्न गरेका छन्। स्थानीयस्तरमा उत्पादन हुने अर्गानिक पोषणयुक्त खाद्यवस्तु प्रदर्शन गरेको र उक्त मेलामा धेरै गर्भवती, सुत्केरी महिला तथा परिवारका सदस्यले सहभागिता जनाएका थिए। ुपहिले सुरुसुरुमा अभियान चलाएर हिँड्दा गाउँघर, समाजले कुरा काट्थे। विक दम्पत्तीले राजनीति गर्न लागे भनेर विभिन्न आरोप लगाउँथे तर अहिले जहाँ गए पनि स्वागत र इज्जत गर्छन्ु, निर्मला विकले भनिन्। अहिले आफूहरूको जस्तै अरू दम्पत्तीहरू पनि सँगैसँगै हिँड्ने र एकअर्कालाई सहयोग गर्ने गरेको रामबहादुर विकले बताए। दुर्गम गाउँहरूमा सुत्केरी तथा गर्भवती महिलाहरूमा आवश्यक ज्ञान नभएका कारण विगतदेखि विभिन्न समस्या देखिएकाले नमुना जोडी निर्माण गरी जनचेतनामूलक अभियान संचालन गरेको संस्थाका कार्यक्रम संयोजक बेलबहादुर विकले बताए। अभियन्ता जोडीले गरेको नमुनायोग्य कार्यको प्रशंसा गर्दै सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीले विकास भनेको सडक, बिजुली मात्र नभई मानिसमा सकारात्मक चेतनाको विकास र परिवर्तन हुनु पनि हो भन्दै सुत्केरी गराउन कुनै पनि वडामा राम्रो स्वास्थ्यचौकी नभएको र चेतनास्तर पनि कम भएकामा नमुना जोडी कार्यक्रमले राम्रो प्रभाव पारेको बताए। सिम्ता गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक भीमबहादुर नेपालीले स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रमअन्तर्गत आगामी दिनहरूमा सिम्ता गाउँपालिकाका सबै वडामा नमुना जोडीमार्फत् अभियान संचालन गर्ने बताए। अभियान संचालन भएको वडा नम्बर( ५ का अध्यक्ष मोहनकुमार बीसीले यस अभियानमा आफूले सक्दो सहयोग गरिरहेको बताए। समाजका हरेक जाडीले एकअर्काले आपसमा घर व्यवहारदेखि घरबाहिरको कामको बाँडफाँट गरेर मिलिजुली एकअर्काको भावनाको कदर गर्दै काम गर्ने हो भने हरेक घरका हरेक जोडी सुखी र खुसी हुन सक्छन् भन्ने कुराको उदाहरण पनि रामबहादुर र निर्मलाको जोडीले प्रस्तुत गरेका स्थानीय बताउँछन्।










