रेविजको भ्याक्सिन नहुँदा समस्य

हेमन्त के सी
जाजरकोट , यहाँको जिल्ला स्वास्थ्य कार्यालयमा रेबिज भ्याक्सिन नहुँदा समस्य भएको छ । एक महिना महिना देखि जिल्ला स्वास्थ्य कार्यालयमा रेबिज बिरुद्ध लगाईने भ्याक्सिन नहुँने समस्य भएको हो ।
दैनिक रेबिज लागेको कुुकुर र स्यालको टोकाईबाट मानिस तथा पालुवा जनावर घाईते भएपनि भेक्सिनको अभावमा उपचार हुँन नसकेको स्थानीबासीको भनाई छ । पशुचौपायलाई स्यालले टोक्दा भेक्सिन अभावमा भेरी नगरपालिका वडा २ का पशुचौपायहरु बैलाएर दर्जन बढीको मृत्यू भएको धनवहादुर पुनले जानकारी दिनुभयो । बुधवार मात्र तीन जना स्थानीयवासीलाई स्यालले टोकेपनि रेविज भेक्सिन नहुँदा नेपालगन्ज लगिएको भेरी नगरपालिका वडा ३ का गोविन्द शाहले जानकारी दिनुभयो । यत्ता जिल्ला स्वास्थ्य कार्यालयमा महिना दिन देखि भेक्सिनका लागि बिरामी आएपनि रितो हात घर फर्कने गरेका छन् । जिल्लाका सवै ठाउँमा भेक्सिनको अभाव रहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । औषधि खरिदको जिम्म स्थानीय तहलाई दिएको र ग्रामीण स्वास्थ्य संस्थामा बिद्युत नहुँदा भेक्सिन जोगाउन समस्य भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । अहिले जिल्लाका सबै ठाउँमा बहुला स्याल र कुकुरको बिगबिगी भएको स्थानीयबासीले बताएका छन्
भेक्सिन फ्रिजमा राखेर मात्र जोगाउँन सकिने भएका कारण थप समस्य आएको बताएको छ । जिल्लाका सवै स्वास्थ्य संस्थामा बिद्युतको पहुँच नहुँदा भेक्सिन जोगाउँन मुस्किल हुँने हुँदा जिल्ला सदरमुकाममा नै सबै बिरामी उपचारका लागि आउँने गरेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।










