भेरि नदिमा र्याप्टिङकाे उदघाटन,रुकुम राडि देखि यसरी चल्यो याप्टिङ,

शुृक्रबारबाट रुकुम राडि देखि नलगाड नगरपालिका वडा ७का बोजा बारी सम्म र्याप्टिङ उदघाटन गरिएको छ । भेरि एडभान्चर प्रा.लि.ले शुरु गरेको र्याप्टिङ उदघाटन कार्यक्रम शुक्रबार नलगाड नगरपालिकाको वडा नः २को छेप्कामा एक औपचारिक कार्यक्रम गरी नलगाड नगरपालिका उप प्रमुख बाल कुमारी बस्नेतको प्रमुख अतिथ्यतामा उदघाटन भएको छ । साथै भेरी र्याप्टिङ
प्रा.लि. र्याप्टिङ संचालन समिति सदस्य टक बहादुर घर्ति,र र्याप्टिङ चलाउनमा प्राबिधिक सहयोग गर्ने कर्णाली याप्टिङ एडभान्चर प्रा लि का प्रतिनिधि,उधोग बाणिज्य,स्थानिय नागरीक अगुवा र जन प्रतिनिधिहरुको उपस्थितीमा शुक्रबार याप्टिङ उदघाटन गरिएको छ।
त्यस्तै स्थानिय नयाँ जन शक्ती उत्पादन गर्ने उदेश्यले १हप्ता याप्टिङ चलाउन टेर्निङ समेत सुरु गरिएको छ।नलगाड नगरपालिकाबाट ५ जना र भेरी नगरपालिकाको रीम्नाबाट ५जनालाई याप्टिङ सिकाइने संचालक सदस्य घर्तिल जानकारी दिनु भयो।
डोल्पाको शे फोकशुण्डोबाट बग्ने भेरी नदीमा ¥याप्टिङको सम्भाबना निकै देखिन्छ त्यस्तै भेरी नदीका अन्य ठाउँमा याप्टिङ चलाउन सुरु गरिए पनि यो क्षेत्रमा पहिलो पटक नै याप्टिङ चलाउन सुरु गरिएको छ।पर्यटकको आगमनको बिकाश तथा स्थानिय ब्यापारको पर्बद्धन गर्ने उदेश्यका साथ याप्टिङ चलाउन सुरु गरिएको छ।
अहिले तत्काललाई रुकुम राडि देखि नलगाड त्रिबेणी,रिम्ना सम्म चलाउने र यसको बिकाश गर्न सके शे फोकशुण्डो देखि भेरी पुल सुर्खेत सम्म चलाउन सकिने सम्भाबना भएको भेरी र्याप्टिङ संचालक समिति सदस्य टक बहादुर घर्तिले बताउनु भयो।












