हेलि वाट मेसिन लिएपछि डिपिआरको काममा गति

लोकेन्द्र शाही
जाजरकोट दल्ली ,
ः नलगाड जलविद्युत आयोजनाको डिपिआर काम पुर्ण सुरु भएको छ । डिलिङ मेसिन नहुदा ६ महिना देखि रोकिएको काम हेलिकप्टरवाट मेसिन वाध स्थल अधेरीखोला र दल्लीमा पुगेपछि काम सुरु भएको हो ।
२४ टन ओजन भएको डिलिङ मेसिन लिन नसक्दा काम रोकिएको थियो । आयोजना वाध स्थल अधेरीखोला जाँनका लागि निर्माण कार्य थालिएको पहुँच मार्गको सडक तोकिएको मितिमा निर्माण नहुँदा डिपिआरको काम समस्य हुँदै आएको छ । चिसापानी वैरीतालमा रहेको भेरी नदिको पुल समयमा निर्माण नहुनु र पहुँच मार्ग निर्माणको जिम्म लिएका निर्माण व्यवसायीले काममा ढिला सुस्ती गर्दा नलगाड जलविद्युत आयोजनाको डिपिआर निर्माण कार्य (विस्तृत आयोजना प्रतिवेदन ) तयार गर्न ढिलाई भएको हो ।
हेलिकप्टर मार्फत ६ महिना पछि डिपिआरको सामग्री पुगे संगै काममा तिव्रता आउन थालेको निर्माण स्थलमा रहेका ईन्जिनियर पदमवहादुर थापाले जानकारी दिनुभयो । वाध स्थल र विद्युत उत्पादन गृहमा ७५ मिटर देखि १ सय ८० मिटर सम्मका ११ वटा प्वाल हरु वाट ढुङगा निकालेर परिक्षण गरिने छ । परिक्षण पछि वाध स्थलको भु वनोट कति पक्का ए कच्चा कस्तो भन्ने पत्ता लाग्ने छ ।
अहिले सम्म विद्युत उत्पादन गृहमा १ वटा प्वाल निर्माण भएको र २ वटा प्वाल पार्न वाँकी रहेको छ । ड्याम स्थलमा ४ वटा प्वाल निर्माण भएको र ४ वटा प्वाल पार्न वाँकी रहेका छन् । वाँकी प्वालहरु अव आएको नयाँ मेसिनवाट निर्माण गरिने ईन्जिनियार थापाले वताउनुभयो । दल्ली स्थित उत्पादन गृहमा दुई मिटर लम्वाई र दुई मिटर चौडाइ रहेको ३ सय ३१ मिटर भित्र भुमिगत परिक्षण प्याल निर्माण गरि भित्र रहेको जमिनको अवस्था जाँच हुँने थापाले जानकारी दिनुभयो । भुकुम्प प्रतिरोधि उत्पादन गृह वनाउनका लागि यो कार्य गरिएको हो ।
नयाँ मेसिनले प्वाल पार्ने काम र विद्युत उत्पादन गृहमा भुमिगत प्वाल निर्माण काम गर्ने थापाले वताउनुभयो । १० महिना भित्र यी सवै काम पुरा गरि नलगाड जलविद्युत आयोजना लाई स्मेक , एमडव्लु एच कम्पनीले डिपिआरको प्रतिवेदन वुझाउनुपर्ने छ । डिपिआर निर्माणको जिम्म स्मेक , एमडव्लु एचले लिएको थियो । ३१ म्हिना भित्र डिपिआरको काम पुरा गर्ने सम्झौता गरि स्मेक , एमडव्लु एच कम्पनीले जिम्मा लिएका थिए । डिपिआरको काम पुरा भएपछि आयोजनाले निर्माणका लागि वाटो खुल्ने छ । आयोजना वाट ४ सय १० मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । तस्विर उपल्वध छ ।










