प्रधानमन्त्री नियुक्तिकाे पत्रमा राष्ट्रपति कार्यालयकाे गम्भीर त्रुटी

राष्टपति  विद्यादेवी भण्डारीले केही बेरअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीलार्इ प्रधानमन्त्रीमा नियुक्त गरिन् । साे कुराकाे जानकारी दिन राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्याे । तर, जारी विज्ञप्तिमा गम्भीर त्रुटी देखियाे ।

राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष अाेलीलार्इ अाज प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । तर, राष्ट्रपति कार्यालयले जारी गरेकाे विज्ञप्तिमा उल्लेख मितिलार्इ अाधार मान्ने हाे भने उनी एक वर्षअघि नै प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

अर्थात, विज्ञप्तिमा ‘अाज मिति २०७३ साल फागुन ३ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालकाे संविधानकाे धारा ७६ काे उपधारा (२) बमाेजिम प्रतिनिधिसभाका माननीय सदस्य श्री केपी शर्मा अाेलीज्यूलार्इ नेपालकाे प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएकाे छ’ भनिएकाे छ ।

 

राष्ट्रपति कार्यालयकाे विज्ञप्तिमा उल्लेख याे मितिलार्इ अाधार मान्ने हाे भने मुलुकमा दुर्इवटा प्रधानमन्त्री रहेकाे देखिन्छ । साे मितिमा माअाेवादीका पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीकाे कुर्सीमा अासिन थिए ।

२०७४ हुनुपर्नेमा २०७३ लेखेर त्रुटिपूर्ण विज्ञप्ति जारी भएकाे छ । राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

उनले हस्ताक्षर गर्दा मिति गलत लेखिएकाे विषयमा ध्यान दिएनन् । तर, साेही विज्ञप्तिका अन्त्यमा भने २०७४ फागुन ३ गते नै लेखिएकाे छ ।




सम्बन्धित समाचार


error: Content is protected !!