२३ लाख खर्चेको सिचाई योजना पाँच वर्ष टिकेन

हेमन्त के सी
जाजरकोट,  ः २३ लाख खर्चेर निर्माण गरिएको सिचाई योजना पाँच वर्ष नवित्दै प्रयोग विहिन भएको छ । जिल्लाको नलगाड नगरपालिका ८ हल्चौरमा रहेको सिचाई योजना ५ वर्ष नटिकेको हो ।
स्थानीय मुलाखोला मुहानवाट पानि ल्याई हल्चौर गाउका ३ सय भन्दा वढी घरधुरीलाई सिचाई सुविधा उपलव्ध गराउने भनि सिचाई योजना निर्माण गरिएको थियो । ५ वर्ष नवित्दै हल्चौरका स्थानीयले सिचाई सुधिवा उपभोग गर्न वाट वन्चित भएका छन् । लिलि हेल्पिटासको आर्थिक सहयोगमा मुलाखोलावाट पाईपमा पानि ल्याई हल्चौर गाउँमा ५ वटा पलाष्ट्रिक पोखरी पानि जम्म गरि स्थानीयलाई सिचाई सुविधा पुर्याउने उदेश्यले योजना निर्माण गरिएको थियो ।
योजना निर्माण गरेको ५ वर्ष वित्न नपाउँदै अहिले पलास्ट्रिक पोखरी नाम निसान नै नभएको स्थानीय गोरखवहादुर विकले वताउनुभयो । स्थानीय उपभोक्ता समितिका पदाधिकारीको नाफा मुखी कार्यशैलीले गर्दा काम राम्रो नहुँदा योजना दिगो वन्न नसकेको विकको भनाई छ । यो भन्दा अगाडी यहि ठाउँमा विश्व खाद्य कार्यक्रमवाट लाखैको योजना निर्माण भई सञ्चालनमा आएको १ वर्ष नवित्दै भत्किएको थियो । योजनाका पाईपहरु चोरी हुँदा पोखरी माटोले पुरिएको छ । पोखरी वरीपरि काँडेतार लगाएर सुरक्षित गराउने स्टामेटमा भएपनि उपभोक्ता समितिले काँडेतार नलगाउँदा पोखरी जोगाउँन समस्य भएको स्थानीयको भनाई छ ।
अहिले पोखरी मात्र होईन , पोखरीमा प्रयोग भएका पाईप समेत चोरी भएको उपभोक्ताहरु वताउँछन् । अहिले पुरै गाउँ सिचाईको अभावमा समस्यमा परेको छ । तीन वर्षको फरकमा योजना निर्माण हुँदै आएका छन् तर दिगो वन्न नसकेको स्थानीयहरु वताउँछन् । अहिले सम्म तीन वटा योजना सिचाईकै परेका छन् ती सवै योजनाको उपभोक्ता समितिका अध्यक्ष समेत एकै जना मात्र भएका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!