भगवान भरोसमा सुत्केरी हुँदै ग्रामीण क्षेत्रका महिलाहरु

हेमन्त के सी
जाजरकोट ः नलगाड नगरपालिका ८ की विष्णु खत्री २०४४ सालमा सुत्केरी हुँदा भैसी गोठमा भएको अनुभव सुनाइन् । उनले ५ छोराछोरीको जन्म गोठमै असुरक्षित रुपमै भएको नमिठो यथार्थ पनि वताईन् ।
उनले पहिलो पटक सुत्केरी भएको करिव ३० वर्ष वितिसकेको छ , तर उनकी वुहारी कैशी खत्री ३० वर्ष पछि सासु आमा जस्तै गरि असुरक्षित रुपमा सुत्केरी वाध्य भएको पिडा विष्णुले सुनाईन् । श्रीमान् रामवहादुर खत्री र छोरा रविन खत्री कमाईका लागि भारत भएका कारण ४ घण्टा वोकेर स्वास्थ्य संस्था लिन नसकेको विष्णुको भनाई छ । गाउँमा सवै महिलाहरु विष्णुको वुहारी जस्तै गरि दिनहुँ सुत्केरी हुँने गरेका छन् । टाढा स्वास्थ्य संस्था र सडक संग गाउँ नजोडिएका कारण डोकोमा वोकेर लिन नसकिएको उनको भनाई छ । भगवानको भरोसामा वुहारीलाई सुत्केरी गराएर निकै समस्यका वीच जीवन वचाएको विष्णुको भनाई छ ।
वारेकोट गाउँपालिका वडा न ६ धुमाकी कल्धरी चलाउनेका ४ छोराछोरी छन् । सवै वच्चाहरु भैसी गोठमै जन्माएको कल्धरीको भनाई छ । अहिले उहाँका वुहारीहरु सुत्केरी हुँदा पनि गोठमै सुत्केरी हुनुपर्ने वाध्यता रहेको कलधरीको भनाई छ । धुमा देखि सिलिङीचौर स्वास्थ्य संस्था पुग्न मात्र करिव ५ घण्टा लाग्छ । जिल्लाको वारेकोट गाउँपालिकाको कुनै पनि वडा सडक सञ्जालले जोडिएको छैन् । सडकको पहुँचमा नहुँनु र स्वास्थ्य संस्था घण्टौ टाढा हुनुले कल्धरी मात्र होईन यहाँका सयौ आमाहरु असुरिक्षत रुपमा यसरी भगवनको भरोसमा सुत्केरी हुँन वाध्य छन् ।
जिल्लाका अधिकांश गाउँको पहुँचमा स्वास्थ्य संस्था नहुँदा असुरिक्षत रुपमा सुत्केरी हुनु यहाँका महिलाको पिडा हो । गाउँ गाउँमा स्टेचर समेत नहुँदा विरामीहरु डोकोमा वोक्न वाध्य हुनु परेको जुनिचाँदे गाउँपालिका ,जुनिका हिमाल घर्तीले वताउनुभयो । स्वास्थ्य संस्था जाँन र आउँन मात्र एक दिन लाग्ने भएपछि अधिकांश महिलाहरु गर्भ जाँच समेत गर्न नपाँउने गरेको खुलासा समेत उहाँले गनुभयो । उकाली, वराली वाटोको कारण सुत्केरीलाई आँउन र जाँन निकै समस्य हुँने गरेको छ । कतिपयको उकाली,वराली हिडाईको चापले गर्भ समेत तुुहिने गरेको पिडा सुनाउँनुहुन्छ , शिवालय गाउँपालिका ९ की कैले थापा । घरमा कामको चापका कारण गर्भवतीलाई एक्लै गर्भजाँच गराउन पठाउँदा गर्भवतीको पिडा कसैले नवुझने गरेको थापाको भनाई छ । ग्रामीण क्षेत्रका महिलाहरु गर्भवती भएको समयमा पोसिलो खाना समेत नपाउने गरेको थापाले वताउनुभयो ।
स्वास्थ्य संस्थामा आएर नियमित गर्भ जाँच गराएपछि मात्र स्वास्थ्य संस्थावाट उपलव्ध गराईने भिटामिन लगाएतका औषधी पाईने गर्दछ , तर यहाँका महिला स्वास्थ्य संस्था नै नआउँदा भिटामिन , स्वास्थ्य परामर्श , सल्लाह समेत लिन वाट वन्चित भएका छन् । गाउँ ,गाउँमा स्वास्थ्य संस्थाहरु विस्तार गर्न सके यहाँका वहुँसंख्यक सुत्केरी महिला , गर्भवती महिला र अन्य विरामीले समेत स्वास्थ्य सेवा पाउँने नागरिक अगुवा राजेन्द्रविक्रम शाहको भनाई छ ।
अहिले स्वास्थ्य संस्था टाढा हुँदा अधिकांश महिलाहरु निजी स्तरवाट राखिएका औषधी पसलवाट जथाभावी औषधी सेवन गर्दा स्वास्थ्यमा ठुलो समस्य आएको सरोकारवालाहरु वताउँछन् । स्वास्थ्य संस्था सम्म स्थानीयको पहुँच विस्तार र विश्वासनियता वढाउन राज्यले ध्यान दिएमा यहाँका नागरिकहरु अकाल्मै हुँने मृत्यूदर कमी ल्याउन सकिने थियो । स्वास्थ्य संस्था भन्दा धामी, झाक्री नजिक हुने हुँदा समस्य परेको समयमा धामीको सरणमा ग्रामीण क्षेत्रका स्थानीयहरु पुग्ने गर्दछन् । धामी,झाक्रीलाई समेत स्वास्थ्य सेवाका विषयमा तालिम दिन सके स्वास्थ्य सेवा प्रवाहमा थप सहयोग मिल्ने शाहको भनाई छ




सम्बन्धित समाचार


error: Content is protected !!