जीतकाे गाउँमा नगरपालिकाले मनायाे सहिद दिवस

लोकेन्द्र शाही
जाजरकोट / जाजरकोट नलगाड नगरपालिकाले पहिलाे पटक गाउमा सहिद दिवस मनाएकाे छ । जनयुद्ध का सहिद जितकाे गाउमा सहिद दिवस मनाईएकाे हाे । परिवर्तनको लागि ज्यानको बाजि लगाई हासि , हासि वलिदानि दिने सहिद प्रति सम्मान व्यक्त गर्दै दुर्गम गाउमा दिवस मनाएपछि स्थानीयले पहिलाे पटक स्थानीय सरकारकाे महसुस गर्न पाएका हुन् ।
शहिद दिवस कार्यक्रमको संचालन नगरपालिका का सिभिल इन्जिनियर मोहनबहादुर खड्का ले गर्नुभएको थियोे कार्यक्रमको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंह हुनुहुन्थ्यो कार्यक्रम को प्रमुख अतिथि नगर प्रमुख टेकबहादुर रावलले गर्नुभयको थियो भने विशिस्ट अतिथि उप प्रमुख वालकुमारी वस्नेत हुनुहुन्थ्यो । अतिथिहरुमा वडा अध्यक्ष हरु भद्रवहादुर ध्यार विष्णु वहादुर वि क माओवादी केन्द्रका पार्टी केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य डम्बरवहादुर रावतले गरेका थिए ।





error: Content is protected !!