जनतालाई वधाई दिन पुगेका नेतालाई जनताले मागैमाग राखेपछि

 जाजरकोट थलह (रासस) ः भोट हालेर विजय वनाउने जनतालाई वधाई दिन पुगेका सांसदलाई यहाँका जनताले मागै माग राखेका छन् । 
मतदाताले सडक, खानेपानि ,विद्युत, प्राविधिक शिक्षालय र स्वास्थ्य संस्था मागेका छन् । ज्ञापन पत्र नै वुझाएर पश्चिम थलहका जनताले यस्तो माग गरेका हुँन् । घण्टै भाषण गर्ने नेताहरु यो पटक भने ७ मिनेट भन्दा वढी कसैले पनि वोलेन्न । राम्रो काम गरे वधाई र जनताको पक्षमा काम गर्न नसके खवरदारी गर्न सांसदहरुले जनतालाई सुझाव दिए । वधाईका कार्यक्रम जिल्लााका सवै ठाउँमा गर्ने सांसदले वताएका छन् । ६ नम्वर प्रदेशमा प्रतिपक्ष नभएका कारण प्रतिपक्षको भुमिका निवाह गरिदिन यहाँका सांसदले जनतालाई आग्रह गरेका हुँन् । पुर्व गृहमन्त्री तथा प्रतिनिधी सभा सदस्य शक्तिवहादुर वस्नेतले अव नमुना जिल्ला वनाउने अवसर प्राप्त भएको भन्दै त्यसमा सवै लाग्न अनुरोध गर्नुभयो । जाजरकोटको परिचय वदल्ने हाम्रो संकल्प लाई सार्थक रुप लिई व्यवहारमा लागु गर्ने हाम्रो मुख्य काम हुने वस्नेतले वताउनुभयो ।
५ वर्षे अवधी चुनौति र अवसर दुवै भएको उहाँले वताउनुभयो । त्यस्तै पुर्व शान्ति मन्त्री सत्य पहाडीले जनताको जीत भएको भन्दै जनता नै महान भएको वताउनुभयो । जनता अव पैसामा विक्री नहुँने तर नयाँ विचार अनि नयाँ यूगको थालनी जाजरकोटीले जनताले गर्ने पहाडीले वताउनुभयो । विजयको माला र अविरमा मात्र सिमित नहुँने वताउदै उहाँले जिल्ला नमुना वनाउनका लागि यहाँको गरिवी ,स्वास्थ्य, खोनोपानि लगाएका आधारभुत कुराहरु पुरा हुँने वताउनुभयो ।
हेमन्त के सी ———





error: Content is protected !!