छिन्चु जाजरकोट सडकमा दिनधारै चालक मदिरा सेवन गरि गाडि चलाउँदाँ ट्राफिक वने रमिते

इन्द्र बुढाथोकी सल्यान।
जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको काँक्रेविहार यातायातको ना ५ ख २५५२ नं. को वसले एक स्थानीय सहित वस र मोटरसाईकिललाई ठकर दिएको छ । सिम्ता गाँपालीका राकमका ८३ वर्षिया डोकल वहादुर सिंहलाई सडक किनारमा हिडिरहेको समयमा ठक्कर दिदाँ घाईते वनाएको छ ।

वसले ठक्कर दिए पछि सिंह लडेर घाईते भएका छन् । त्यसै गरि सल्लीबजारमा कार्यरत विद्युत प्राधिकरणका कर्मचारी भिम वहादुर वुढाको भे ५ प ६७३० नं को मोटरसाईकल र ना ६ ख ४२१७ नं.को वसलाई ठक्कर दिएको छ । ना ५ ख २५५२ नं. को वसका चालक वल वहादुर वुढाले अत्यधिक मात्रामा मदिरा सवेन गरि गाडि चलाउँदा ठाँउ ठाउँमा घटना घटाउँदै हिडेका थिए ।

सिम्ता गाउँपालीकाको राकममा रहेको इलाका प्रहरी कार्यलय र बनगाड कुपिन्डे नगरपालिका सल्लीवजारमा रहेको इलाका प्रहरी कार्यलयको फितलो चेकजाँचका कारण दिउँसै चालक मदिरा सवेन गर्दा समेत प्रहरी मुख दर्शक वनेको स्थानीयको भनाई रहेको छ ।

ईलाका प्रहरी कार्यालयहरुको फितलो चेकजाँचको कारण गाडीहरूले क्षमता भन्दा बढी यात्रु राख्ने देखि मनपरि भाडा असुल्ने काम गर्दै हिड्ने गर्दछन । कार्वाही गर्नुको सट्टा ट्राफिकले उल्टै पैसा असुल्ने काम हिड्ने गर्छन् ।





error: Content is protected !!